बिद्यार्थीलाई लागु औषध सम्बन्धी प्रशिक्षण

स्याङ्जा १० फागुन :
मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले पुतलीबजार नगरपालिका ७ ठूलाहिडी स्थित जनता माध्यमिक बिद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । मानवअधिकार तथा शान्ति समाजको आयोजना, जनता माविको समन्वय तथा जिल्ला प्रहरी कार्यालयको समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिद्यार्थीमाझ जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णबहादुर आलेले किशोर अवस्थाका बालबालिकालाई लक्षित गर्दे ल्याइएको यस्ता कार्यक्रमले बढी प्रभाव पार्ने जनाउदै अन्य बिद्यालयमा पनि यस्ता कार्यक्रम संचालन गरिनुपर्ने बताउनुभयो । आफनै पैसा खर्चैर, आफनै शरिरलाई तनाव दिएर गरिने लागु औषधका कारण कानूनी फन्दामा परी धेरै सजाए भोग्नु भन्दा यस्ता कुलतमा नफस्न उहाको आग्रह थियो । बालबालिकाका लागि यस्ता अनुकरणीय र चेतनामूलक कार्यक्रमका लागि वडाले आवश्यक सहयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कपिलमणी रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष अशोक रेग्मी, छात्रा द्धय तिर्सना विश्वकर्मा र प्रिया रेग्मी लगायतले कार्यक्रमको प्रभावकारिताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । मानवअधिकार तथा शान्ति समाजका सभापति हरिप्रसाद रेग्मी र प्रहरी सहायक निरीक्षक ख्यामबहादुर विकले लागु औषध र कानूनी प्रावधानका बारेमा प्रशिक्षण दिनु भएको थियो । समाजका सभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक खुमबहादुर रानाले स्वागत एवं उपसभापति भवानी अधिकारीले संचालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति, शिक्षक शिक्षिका लगायत ८, ९, ११ र १२ कक्षाका बिद्यार्थीहरुको सहभागीता थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…