होमस्टेलाई आर्थिक उपार्जनमा जोड्नुपर्छ : मन्त्री किराँती
स्याङ्जा :
नेपालमा होमस्टे संचालनमा आएको २५ बर्ष पुरा भएको छ । पहिलो पटक स्याङ्जाको सिरुवारी गाउँमा सामुदायीक रुपमा पाहुनालाई राखेर पर्यटन प्रवद्र्धनमा प्रगति हुन थालेको २५ बर्ष पुरा भएको हो । २५ बर्ष पुरा गरेको अवसरमा सिरुवारी होमस्टे गाउँले रजतजयन्ती महोत्सव मनाएको छ । रजत जयन्ती महोत्सवको उद्घाटन नेपाल सरकारका पर्यटन एंव नागरीक उड्ययन मन्त्री सुदन किराँतीले गरेका छन् । दुईदिन सम्म चल्ने रजतमहोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सहित इन्द्रेणी समुहले आफ्नो प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।
होमस्टेको रजत जयन्ती महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारका पर्यटन मन्त्री किराँतीले सामुदायीक होमस्टेलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए । एशियामै शुरुवात नभएको बेला नेपालमा आजभन्दा २५ बर्ष अगाडी देखी होमस्टेको अवधारणा आइसकेको स्मरण गर्दै मन्त्री किराँतीले यस्ता योजनाहरु नेपालका सबै भुभागमा पु¥याउन सके आर्थिक उपार्जनको माध्यम बलियो हुने बताए । अहिले गाउँ छाडेर शहरतिर बसाई सराई गर्नेको संख्या बढिरहेको छ उनले भने,‘यसलाई रोक्न होमस्टे अवधारणा अगाडी सार्नुपर्छ ।’ अब गाउँ फर्काउने अभियान चलाउन आवश्यक छ उनले भने । स्थानीय उत्पादनलाई बढवा दिदै त्यस्ता उत्पादनलाई होमस्टे मार्फत बजारीकरण हुन सकेमात्रै आर्थिक समृद्धि हुने उनले बताए । देशको विकास भयो भने होमस्टे संचालनबाटै हुने मन्त्री किराँतीको घारणा छ ।
उदघाटन कार्यक्रममा स्याङ्जा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य राजु थापाले सिरुवारी गाउँले स्याङ्जा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको धारणा व्यक्त गरे । सरकारले होमस्टे संचालनलाई बिशेष योजना बनाएर अगाडी बढाउनुपर्ने धारणा सांसद थापाले व्यक्त गरे । गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ्ले गण्डकी प्रदेशलाई होमस्टेको हब बनाउने गरी अगाडी बढेको बताइन् । सिरुवारीलाई तिनैतहका सरकार मिलेर पाठशालाको रुपमा विकास गर्नुपर्ने धारणा राखिन् । दुईदिन संचालन हुने रजतजयन्ती महोत्सव फागुन ६ गते सकिने महोत्सव संयोजक उर्मिला गुरुङ्ले बताइन् । pic-social media
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


