आँखा शिविरमा पुतलीबजार ४ हजार ५ सयको आखाँ परिक्षण, सय जनाको मोतियाबिन्दु शल्यक्रिया

भवानी अधिकारी/स्याङ्जा :
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले कुरा भन्दा काम गर्नुपर्ने बताउनुभएको छ । अधिकांश नेपालीमा काम गर्ने तत्परता भन्दा काम गर्छु भनेर बोलेर हल्ला गर्ने प्रवृत्तिले काम पुरा गर्न कठिनाई हुने गरेको बताउनु भएको हो ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती संघको संयुक्त पहलमा आयोजित निशुल्क आँखा शिविरको समापन कार्यक्रममा बोल्दै उहाले निशुल्क शिविर संचालन गरेर दृष्ट्रिदान जस्तो पुण्यको काम गर्ने सरोकारवालाको प्रशंसा सहित धन्यवाद दिनुभएको छ ।
पुतलीबजार नगरपालिकाले देखाएको उदाहरणीय र अनुकरणीय कार्यको जिल्लाका सबै पालिकाले संचालन गर्नु पर्नेमा उहाले जोड दिदै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले रोजगारका लागि विदेशमा पुगेका एनआरएनए लगायत अन्य ब्यक्ति तथा संस्थागत सहयोग विगतदेखि नै स्याङ्जामा धेरै हुदै आएको बताउनुभयो ।
दृष्टि प्रदान गर्ने चिकित्सक भगवान सरह रहेको बताउदै सांसद थापाले आगामी दिनमा पनि यस्ता खालका प्रत्यक्ष लाभपुग्ने खालका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रममा नेत्रज्योति संघका केन्द्रिय सभापति प्रा. डा. चेतराज पन्त, प्रदेश सभापति प्रा. डा. दिलबहादुर क्षेत्री, स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्मा, शिविर संयोजक डा. विशाल गुरुङ लगायतले मोतियाबिन्दु नेपाल र स्याङ्जाको अवस्था र शिविरको प्रभावकारिताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
माघ महिनाको १५ गतेदेखि जारी शिविरमा शिविरमा झण्डै ४ हजार ५ सय जनाले आखाँ परिक्षण गराएका थिए। ति मध्ये ९ सय २ जनालाई चश्मा उपलब्ध गराइएको थियो भने हजार भन्दा बढीलाई औषधी प्रदान गरिएको छ ।
शिविरमा आएका मध्ये १ सय ५३ जनामा मोतियाबिन्दु देखिएको थियो । मोतियाबिन्दु देखिएकालाई शल्यक्रिया गरिएको छ । मोतियाबिन्दु देखिएका मध्ये झण्डै एक सय जनाको शल्यक्रिया सकिएको छ ।
बाँकी रहेका ५३ जनालाई पुतलीबजार नगरपालिकाले पोखरासम्म पुरयाउने ब्यवस्था मिलाउने जनाएको छ ।
मोतियाविन्दुका कारण हुनसक्ने दृष्ट्रिबिहीनतालाई ध्यान दिदै नगरपालिकाले निशुल्क आखा शिविर सहित मोतियाविन्दु शल्यक्रियाको आयोजना गरेको हो । नेपालमा पहिलो पटक यस्तो अभियान पुतलीबजार नगरपालिकाले संचालनमा ल्याएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो, ‘पुतलीबजार नगरपालिकाका कसैले पनि मोतियाबिन्दुको समस्या भोग्नु नपरोस् भन्ने हाम्रो उदेश्य हो ।’
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत अनिशा सुवेदीले स्वागत र रेडियोकर्मी विक्रम सम्बतले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…