सामाजिक विकासको मेरुदण्ड शिक्षा हो: सांसद धनराज गुरुङ

गल्याङ :
सामाजिक विकासको मेरुदण्ड शिक्षा भएका भएका र विद्यार्थीको अधिकार माथी खेलवाड गर्ने अधिकार कसैलाइ नभएकाले त्यसको जिम्मा हामी आफैले लिनु पर्ने कुरा स्याङ्जा क्षेत्र नं.२ का सांसद धनराज गुरुङ्ले बताउनु भयो ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस ,पुरस्कार वितरण एवम् विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
सांसद गुरुङले भन्नु भयो यो मुलुकलाई जहाँको त्यही राख्ने अधिकार कसैलाई नभएकाले अहिलेको परिबेशमा शिक्षा नीतिमा परिवर्तन ल्याउनु पर्ने बताउदै माथीदेखि तल सम्मको सिस्टम नै गलत भएकाले त्यसको सुधार गर्न आवश्यक रहेको कुरा बताउनु भयो ।
सांसद गुङ्ले भन्नु भयो आफू पनि ग्रामिण क्षेत्रमा घासकाटेर विद्यालय जीवन विताएको स्मरण गर्दै सुशासन र समृद्विले मात्रै मुलुक परिवर्तन गर्न सकिने भन्दै स्याङ्जा क्षेत्र नं.२का समस्याको विषयमा आफू जानकार भएको र स्थानीय तह, प्रदेश, संघ संग मिलेर समस्याको समाधान गर्ने पक्षमा आफू तल्लिन रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद महेस भट्टराईले शिक्षाको चेतनाले मात्रै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन सकिने कुरामा जोड दिदै आफ्नो निर्वाचन क्षेत्र भित्रको विकास निर्माण अभियानमा मन बचन कर्मले लाग्ने कुरा बताउनु भयो ।


कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भन्नु भयो विद्यालयको भौतिक पुरवाधार लगाएत विद्यालयको शैक्षिक गुणस्तर उकास्नका निम्ति नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने कुरा बताउनुभयो ।
उहाँले समाज बिकासको मेरुदण्ड नै शिक्षा भएकाले कोही पनि बच्चाहरु अध्ययनबाट बन्चित हुन नपरोस भन्ने कुरामा आफु पुर्ण सचेत भएको बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, पूर्व सांसद महेन्द्र थापा, भूर्व मेयर भूपराज अधिकारी, गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सञ्जिव पन्त, नेपाल राष्ट्र माध्यमिक विद्यालयका प्रअ राजेश शर्मा, आदर्श आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल कुल प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ रामकान्त पाठकले विद्यालयको शैक्षिक भौतिक तथा २ करोड ८८ लाख ९१ हजार ३ सय ८१ रुपैयाँ बरावरको आय व्यार्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विधामा प्रथम, दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो भने सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गर्नु भएको थियो साथै पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षता भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र देव खनालले र कार्यक्रमको सञ्चालन शिक्षक द्वय लिला बल्लभ अर्याल र खुमानन्द पाण्डेले गर्नु भएको थियो ।

 

Facebook Comments Box
TOP