मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सम्पन्न
मणि प्रसाद अर्याल/वालिङ :
मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम वालिङमा सम्पन्न भएको छ । प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्रको आयोजनामा स्थानीय सरकार सवलीकरण अष्टेलियन एडको द एसिया फाउण्डेसनको सहयोगमा संचालित तालिममा वालिङ नगरपालिकाले समन्वय गरेको हो । तालिमको समापन गर्नुहुँदै वालिङ नगरप्रमुख कृष्ण खांणले तालिमले यहाँको न्यायिक क्षेत्रलाई नमुना बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । मेलमिलाप नितिले दुवै पक्षको जित हुने भएकाले स्थानीय तह तथा वडा वडामै मेलमिलाप नितिले दुवै पक्षको सम्मान हुने नगरप्रमुख खांणको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले मेलमिलाप कर्ताहरुका लागी समय सापेक्ष तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु गरिरहुनपर्ने भन्दै वडा वडाबाटै विवादको निरुपण गर्न मेलमिलाप कर्ताहरुले भुमिका खेल्दै आउनुभएको बताउनुभयो ।

कार्यक्रममा मुस्ताङको घरप झोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्द, प्रशासकीय अधिकृत राजन भट्टराई, द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार, प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्रका संस्थापक सदस्य तथा सहजकर्ता पार्वती विक लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागि मेलमिलाप कर्ताहरुलाई यस तालिमले आँफूलाई थप उर्जा मिलेको बताएका थिए । उनीहरुले समय समयमा यस्ता तालिमहरु आयोजना हुनुपर्नेमा जोड दिएका छन् ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


