वालिङमा जिप दुर्घटना हुँदा १ घाइते
वालिङ :
स्याङ्जाको वालिङमा सोमबार जिप दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
सिर्सिकोट छापाबाट वालिङतर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जिप वालिङ ११, सिर्सिकोट छापामा दिउँसो दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय विजय गोतामे घाइते भएका हुन् । जिपमा चालकसहित ५ जना सवार रहेकोमा सिर्सिकोट छापाका गोतमेको टाउको र अनुहारमा चोट लागेको हो । उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचारपछि थप जानकारीका लागि पोखरा रेफर गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल छन् ।
जिप सडकदेखि करिब ८ मिटर तल खसेर दुर्घटना भएको हो । जिपचालकलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


