राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान स्याङ्जाको प्रथम अधिवेशन सम्पन्न ।
स्याङ्जा :
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल स्याङ्जाको प्रथम अधिवेशन सम्पन्न भएको छ । स्याङ्जाको भीरकोट नगरपालिका –४ को प्रसिद्ध छाँयाक्षेत्र मन्दिरमा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालक केन्द्रिय अध्यक्ष वरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुलीले लोकसंस्कृतीले मानव जीवनलाई जीवन्त राख्ने बताउनु भयो । लोक भजनको संरक्षण गर्न यो प्रतिष्ठानको स्थापना गरेको र अब यसलाई अझै उत्थान गर्न आगामी दिनमा भजन च्याम्पियन नेपाल टेलिभिजनबाट गराउने प्रतिबद्धता समेत पराजुलीले जनाउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रिय महासचिव डा.तुलसीराम खनाल प्रभास, भीरकोट नगरपालिकाका पूर्व मेयर छायाराम खनाल, छाङ्छाङ्दी छायाँक्षेत्र शिव मन्दिर सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष नन्दलाल खनाल लगाएतले बोलेका थिए ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल स्याङ्जाका अध्यक्ष देविलाल डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमममा सचीव राजनप्रसाद पौडेलले स्वागत र संचालन प्रतिष्ठानका सदस्य यामनाथ रेग्मीले गर्नु भएको् थियो ।
कार्यक्रममा लोक भजनमा विशेष योगदान दिएका श्रष्टाहरु चन्द्रबहादुर गाह मगर, लिलाबल्ल्भ रेग्मी, टिकाराम न्यौपाने रुक्मागत पाठक तथा उत्तरबाहिनी भजन समूह डा. तुलसीराम खनाल लगाएत लाई सम्मान गरिएको थियो ।

अधिवेशनले देवीलाल डुम्रेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खुल्ला तर्फ राजनप्रसाद पौडेल, महिला उपाध्यक्ष बिन्दु रेग्मी पौडेल ( बुद्धिसरा) सचीव यामनाथ रेग्मी, सह – सचिव विश्वेश्वरप्रसाद अर्याल र कोषाध्यक्षमा विष्णु पौडेल लगाएत रहेका छन् ।
बन्दसत्रमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय सचीव एवम् गण्डकी प्रदेशका अधिवेशन संयोजक खगेन्द्र पराजुलीले सहजीकरण गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


