मन्त्रिपरिषद् पूर्व अध्यक्ष रेग्मीद्वारा मातृभूमि पुस्तकालयको भवन समुद्धाटन

स्याङ्जा १३ माघ :
मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले कालीगण्डकी गाउँपालिका ४ विर्घामा रहेको मातृभूमि सामुदायिक पुस्तकालयको नवनिर्मित अत्याधुनिक भवनको समुद्घाटन गर्नुभएको छ। सरस्वती पूजाको अवसर पारेर आयोजित एक समारोहका बिच रेग्मीले भवन उद्घाटन गर्नुभएको हो ।
समारोहलाई सम्बोधन गर्दै रेग्मीले भन्नुभयो “पढ्न पाउने मानिसको नैसर्गिक अधिकारको सम्मान गर्दै पुस्तकालयले यस क्षेत्रका आमजनताको चेतना वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउनेमा म विश्वस्त छु ।” त्यस्तै समारोहमा पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले अत्याधुनिक पुस्तकालय बनेकोमा खुशी व्यक्त गर्दै पुस्तकालय ऐनको आवश्यकता औंल्याउनुभयो ।

जापान सरकारको सहयोगमा शान्ति भोलन्टियर एसोसियसन, रिड नेपाल र स्थानीय समुदायको संयोजनमा सुसम्पन्न भएको भवन उद्घाटनको अवसरमा शान्ति भलुन्टर एशोसियसनका नेपाल निर्देशक हिरोको हागिहाराले नेपालकालागि जापानीज राजदुतको शुभकामना सन्देश सहित आगामी दिनमा समेत पुस्तकालयसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सबै उमेरसमुहलाइ लक्षित गरेर रिड मोडलमा बनाइएको हुँदा पुस्तकालयबाट सबै लाभान्वित हुने विश्वाश व्यक्त गर्नुभयो । शुभेच्छा मन्तव्य राख्दै गण्डकी प्रदेशसभा सदस्य निर्मला थापा र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पुस्तकालयको श्रीवृद्धिका निम्ति अभिभावकत्त्व ग्रहण गर्न आफूहरु तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पुस्तकालयका सचिव नारायण पाण्डेयले प्रतिवेदन पेश गर्नुका साथै शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी, पुस्तकालयका सल्लाहकार डिल्लीराज पाण्डेय वडाअध्यक्ष यादव प्रसाद पाण्डेय लगायतका महानुभावहरुले पुस्तकालय महत्वका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
सोही अवसरमा पुस्तकालयको स्थापना, सञ्चालन र व्यवस्थापनमा योगदान पुर्याउने संस्थापक, पूर्व कार्यसमिति, वर्तमान कार्यसमिति,सल्लाहकार समिति र कर्मचारीहरुलाई अभिनन्दन गरिएको थियो । पहिलो नेपाली तारा एवम् वरिष्ठ गायक दीपक लिम्बूको साङीतिक प्रस्तुतिको साथसाथै स्थानीय मगर समुदायको मौलिक सांस्कृतिक झाँकी तथा स्थानीय भजनकृतनको समेत प्रस्तुति रहेको उक्त समारोहलाई समापन गर्दै पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अग्रजहरुले सुम्मिएको गम्भीर र गहकिलो जिम्मेवारीलाई सबैको साथ सहयोगबाट सप्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैप्रति कृतज्ञता अर्पण गर्नुभयो ।
पुस्तकालय भवनमा पुस्तकालय कक्ष, वालकक्ष, महिला कक्ष, सूचनासंचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभाहल रहेको छ ।


Facebook Comments Box
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…