ग्लोबल आइएमई बैकद्वारा रामपुरकाे कालिगण्डकी आँखा अस्पताललाइ विभिन्न सामाग्री प्रदान ।

रमा भण्डारी,
पौष ३० रामपुर पाल्पा :
ग्लोबल आइ एम ई बैक शाखा कार्यलय रामपुर पाल्पाले एक कार्यक्रमका बीच आँखा अस्पताल रामपुरलाइ स्टेचर सहित बेड प्रदान गरेको छ । ग्लोबल आइ एम ई बैक रामपुर शाखाले कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरमा स्टेचर तथा बेडगरी ४० हजार बराबरको सहयोग गरेको हो । अस्पतालमा आँखाको अप्रेसन गरेपछि विरामीले आराम गर्ने बेड तथा स्टेचरको समस्या देखे पछि संस्थाले सामाजिक उत्तरदायित्व अन्गरर्गत विभिन्न सहयोग गर्दे आएको ग्लोबल आइएमइ बैक शाखा कार्यलय रामपुरका प्रमुख बाबुराम लम्सालले बताउनु भएको छ ।
ग्लोबल आइएमइ बैक नाफा मुखि मात्र नभइ सामाजिक भावनाका साथ सेवा मुखि भएर विभिन्न विधामा सेवा क्षेत्रमा सहयोगगर्दै आएको छ । कार्यक्रममा अस्पतालका कार्यबाहक अध्यक्ष विनोद कुमार पोखरेल र व्यवस्थापक सुन्दर रानालाइ ग्लोबल आईएमइ बैक रामपुर शाखाका प्रमुख लम्सालले एक कार्यक्रमका विच आज सामाग्री प्रदान गर्नु भएको हो ।
शाखा कार्यलय रामपुरले विगतमा पनि १०० गत्तव्य भित्र परेको पर्यटकिय क्षेत्र तालपोखरामा पर्यटकिय विस्राम गर्ने २ वटा सिटर १ लाख बराबरको र शाखाको सेवाक्षेत्रमा पर्नै उत्क्रिष्ट तथा जेहेन्दार विद्याथिहरु रामतुलसी मावि गंगा मावि ,दरैठाँटि माविको २ २जना र सिताराम माविको १ जना गरी जम्मा ७ जना विद्याथिलाइ छात्रबृद्धि प्रदान गरेको प्रमुख लम्सालले बताउनु भयो । बैकले आगामि दिनमा पनि विभिन्न क्षेत्रमा सहयोग गदै जाने बताउनु भयो । शाखा कार्यलय रामपुरले कालिगण्डकी आखा अस्पतामै पुगेर गरेको सहयोग प्रति कार्यबाहक अध्यक्ष विनोद कुमार पोखरेलले धन्यबाद दिनुभएको छ ।
कार्यक्रमको संचालन शाखा कार्यलयका रिलेशन सिप मेनेजर कष्ण भट्टराइले गर्नु भएको हो । शाखाले अप्रेसन शिविरकै अवश्वर पारेर अस्पतालमै पुगेर सामाग्री प्रदान गरेकोमा अप्रेसनमा आएका विरामी हरुपनि खुशि भएको शाखाका कर्मचारी सुदिप गौतमले जानकारी गराउनु भएको हो । अस्पतालमा पाल्पा ,स्याङ्जा ,तनहु र नवलपरासिका नागरीकले सेवा लिदै आएकाछन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…