स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित ।

स्याङजा,मङ्सिर १६ गते ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित हुनु भएको छ । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा –एमाले)का मोहन प्रसाद रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।
अर्यालले १५ हजार एक सय ६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार चार सय ३१ मत ल्याउनु भयो ।
रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत रहनु भएको छ । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढि मतान्तरले निर्वाचित हुनु भएको थियो । तर यो पटक भने आफू विजयी हुँदाको जस्तै अन्तरवाट पराजित हुन पुग्नु भयो । रेग्मी एमालेको संगठन मजवुत रहेको आफ्नै वडामा समेत पछाडि पर्नु भएको थियो ।
विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…