नेपाली विज्ञले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्ने ।
काठमाण्डौ:
बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा।सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् । बेलायतका ६ जना अन्तर्राष्ट्रिय कानूनका विद्वानमध्ये प्रा सुवेदी पनि चयन भएका हुन् ।
नियुक्तिपश्चात सुवेदीले युरोपेली संघ र बेलायतबीच भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा आफ्नो भूमिका निर्वाह गर्ने छन्। युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्सिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक ठूलो सम्झौता भएको थियो। ‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तर्राष्ट्रिय कानुनका प्रबुद्ध विद्वानहरूको मध्यस्थता (आरबीट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो।
त्यही प्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तर्राष्ट्रिय कानुनका शीर्षस्थ विद्वानहरूको सूची तयार गर्ने क्रममा प्रा.सुवेदीले प्राध्यापकको रूपमा अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो।
यस्तो नियुक्तिले युरोपेली संघ र बेलायतबीचको भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा प्रा. सुवेदीले भूमिका खेल्ने अपेक्षा गरिएको छ । ‘बेलायतमा रहेका अन्तर्राष्ट्रिय कानुनका थुप्रै विद्वानहरुमध्येबाट शीर्ष ६ मा पर्नु मेरो लागि ठूलो सौभाग्य हो, आफूले पाएको भूमिका पूर्ण रुपमा निर्वाह गर्नेछु’ सुवेदीले भने । उक्त भूमिकाप्रति आफू गौरवान्वित भएको उनले बताए ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


