स्याङ्जा २ कांग्रेसका धनराज गुरुङले लिए अग्रता ।
वालिङ,मङ्सिर १५ गते ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगाणना भईरहेको छ । पछिल्लो नतिजा अनुशार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाल)े की पद्मा कुमारी अर्याललाई ६५४ मतले पछि पार्नु भएको हो ।
कांग्रेसका गुरुङले ३९०१ मत पाउनु भएको छ भने एमाले की अर्यालको ३२४७ मत रहेको छ ।
शुरुवाती अवस्थामा एक हजार बढिको अग्रता लिनु भएकी अर्याल अहिले पछि पर्नु भएको हो ।
स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्वर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्वर ५, ६, ७ र ८ गणना भईसकेको छ भने अहिले भीरकोट कै ९ नम्वर वडाको मत गणना भईरहेको छ ।
यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गर्नु भएको छ ।
स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


