स्याङजा : निर्वाचन सामग्री सहित कर्मचारी मतदानस्थल तर्फ प्रस्थान

वालिङ,मंसिर १ गते ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि स्याङजामा कर्मचारी मतदानस्थलतर्फ जान सुरु गरेका छन् । निर्वाचनका लागि आवश्यक सामग्री बोकेर कर्मचारी मतदानस्थलमा जान शुरु गरेका हुन् ।
मतदानस्थलका कर्मचारीले निर्वाचन सामग्री बुझेका कर्मचारी तोकिएको मतदानस्थलतर्फ लागेको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो ।
निर्वाचनका लागि स्याङजा क्षेत्र नं. १ मा मतदान अधिकृत १७१ जना, सहायक मतदान अधिकृत १७१ जना,सहायक स्तरका कर्मचारी ८५०,सहयोगी कर्मचारी १७१ र स्वयंसेवक ६७४ जना तथा यस्तै क्षेत्र नं. २ मा मतदान अधिकृत १५० जना,सहायक मतदान अधिकृत १५० जना, सहायक स्तरका कर्मचारी ७४९ जना,सहयोगी कर्मचारी १५० जना र स्वयंसेवक ५९२ जना खटिएको मुख्य निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख गुरु मरासिनीले जानकारी दिनुभयो । यस्तै १८०० म्यादी प्रहरी सहित ५ हजार सुरक्षाकर्मी खटिएको मरासिनीले जानकारी दिनुभयो ।


मतदानस्थल पुगेका कर्मचारीले बिहीबार नै सूचना प्रकाशन गर्ने, मतदानस्थलको तयारी गर्ने सर्वदलीय बैठक राख्ने लगायतका काम थाल्ने मूखय निवार्चन अधिकृत ज्ञवालीलेले जानकारी दिनुभयो ।
निर्वाचनको लागि खटिएका सुरक्षाकर्मी र कर्मचारी मतदानस्थलतर्फ लागेपछि चुनावी रौनक झनै बढेको छ । गाउँ गाउँमा कर्मचारी र सुरक्षाकर्मी पुगेपछि मतदातामा समेत उत्साह बढेको छ ।
निर्वाचनको लागि आवश्यक सबै तयारी पुरा भएकाले मतदानस्थल केन्द्रित तयारी सुरुभएको क्षेत्रं नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । कर्मचारीसँगै सुरक्षाकर्मीसमेत मतदानस्थल जान सुरु गरेको शर्माको भनाई छ । जिल्लाभर १९९ मतदान स्थल र अस्थायी १ गरी २२१ मतदान केन्द्र रहेका छन् ।
यो सँगै स्याङ्जामा निर्वाचन पूर्वको आवश्यक तयारी पूरा भएको छ । निर्वाचन सुरक्षा संवेदनशीलता तथा अन्य अवस्था अवलोकनका लागि यस जिल्लाका ११ वटै स्थानीय तहका अधिकांश मतदान स्थलको निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी क्षेत्रीलाई चुनावी सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताउनुभभयो । प्रत्येक मतदान स्थलमा १० मिनेटभित्र पुग्ने गरी सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ ।
निर्वाचनलाई धाँधलीरहित, भरपर्दो र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ सुरक्षा टोलीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीको भनाई छ ।
सुरक्षा निकायबाट मतदानस्थल तथा केन्द्रको अवस्था बुझ्ने, सूचना सङ्कलन गर्ने र स्थलगत निरीक्षण गरी चुनावी सुरक्षा चुनौती र जटिलताका बारेमा जानकारी लिने काम सकिएको उहाँले बताउनुभयो ।
गृह मन्त्रालयको निर्देशनअनुसार निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन गरिएको उहाँको भनाई छ ।
उहाँले निर्वाचन विशेष सुरक्षा कार्ययोजना बनाएर निर्वाचन हुनुभन्दा पूर्व, मतदानको बेला र मतदान सम्पन्न भएपछिको प्रक्रिया तथा मतगणना समयमा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको बताउनुभयो ।

 

Facebook Comments Box
TOP