स्याङजामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

असोज १७ गते ।
स्याङजामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाच्न अधिकृतको कार्यालय स्थापना गरिएको हो भने वालिङ नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवाली, क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचद्र शर्मा, निमित्त प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी,प्रहरी प्रमुख राजिव बहादुर बस्नेत, जिल्ला निर्वाचन अधिकारी गुरु मरासिनी, नेपाली सेना तगथा शसस्त्र प्रहरीका जिल्ला स्थित प्रमुखहरु, जिल्लामा राजनीतिक दल,नागरिक समाज, सञ्चारकर्मीलगायतको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नं १ को कार्यालय र क्षेत्र नं २ को कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन रोकामन्त ज्ञवालीले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्न सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
हाँले असोज २३ देखि २६ गतेभित्र उमेदवारको मनोनयन पत्र दर्ता गर्ने र उमेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेसम्मका निर्वाचन सम्बन्धी कार्यक्रमहरू रहेको जानकारी गराउनु भयो ।
निर्वाचन आयोगले असोज १५ देखि २० गतेसम्म सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न दिएको निर्देशनअनुसार स्याङ्जामा दुई वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिएको हो ।

 

Facebook Comments Box
TOP