गण्डकीमा डेंगुका १०० बिरामी ।
पोखरा:
लामखुट्टेले टोकेर फैलने संक्रामक रोग डेंगुको संक्रमण गण्डकी प्रदेशका जिल्लाहरुमा पनि देखा परेको छ । गण्डकीभर अहिलेसम्म डेंगुका १ सय बिरामी उपचारका लागि अस्पतालै पुगेको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. खिमबहादुर खड्काले दिए ।
उनका अनुसार प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै १५ जना लमजुङमा डेंगुका बिरामी फेला परेका छन् । त्यसपछिको ठूलो संख्या बागलुङ र पोखरामा छ । साउनयता पश्चिमाञ्चल क्षेत्रीय र मणिपाल शिक्षण अस्पतालमा ८ जना डेंगु लागेर उपचारका लागि गएका थिए । तर थुप्रैजना भने डेंगु भए पनि उपचारका लागि अस्पताल नगई घरमै आराम गरेको पनि पाइएको छ ।
डेंगु भयो भने हन्हन्ती ज्वरो आउने, शरीर शिथिल हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने, आन्तरिक रक्तस्राव वा रगत पातलो हुने लगायत लक्षण देखा पर्ने संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका प्रमुख डा. विकास गौचन बताउँछन् । उनकै भनाइमा डेंगुको ठ्याक्कै उपचार हुँदैन । ‘फोक्सोमा समस्या भयो भने फोक्सोको उपचार गर्ने हो, रगत पातलो भयो भने बाक्लो बनाउने हो,’ उनले भने । डेंगु लागेपछि हेलचक्र्याइँ गरी घरमै बस्न नहुने डा. गौचन बताउँछन् । ‘डेंगुका लक्षण देखियो भने अस्पताल गएर जाँच्नुपर्छ, घरमा बस्दा पनि झोलिलो र पोषिलो खानेकुरा खानुपर्छ,’ उनले भने ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा खड्का डेंगु काठमाडौं र तराईका जिल्लामा जस्तै धेरै नदेखिए पनि नियन्त्रणका लागि पालिकाहरुमार्फत सचेतना र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने अवस्था आएको बताउँछन् । तर अहिले गण्डकीका पालिकाहरुले त्यसो गरेका छैनन् । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीका अनुसार गएको असारमा पोखरा १७ छोरेपाटन क्षेत्रमा २ जना डेंगुका बिरामी भेटिएका थिए । त्यो बेला त्यस क्षेत्रमा लामखुट्टेका बासस्थान खोज्ने र नष्ट गर्ने गरिएको उनी बताउँछन् ।
पोखरा महानगरपालिकाले यो आवमा कोभिड, डेंगु लगायत संक्रामक रोग नियन्त्रणका लागि यो आवलाई महानगरपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । डेंगु लगायत किटजन्य रोग नियन्त्रणका लागि पोखरा महानगरपालिकालाई यो वर्षका निम्ति संघ सरकारले ५ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । यो जातिको लामखुट्टले राति होइन दिउँसोमात्रै मानिसलाई टोक्छ । यो लामखुट्टे कालो र सेतो रङको हुन्छ ।
कालो रङको लामखुट्टेले डेंगु फैलाउँछ । तारन्तार बान्ता भए, अत्यधिक पेट दुखे, नाक, गिजाबाट रगत बगेमा, दिसा, पिसाब वा बान्ता गर्दा रगत आएमा, बेचैन भए, श्वासप्रश्वासमा तीव्रता, कठिनाइ देखिए संक्रमितको स्वास्थ्य जटिलतातिर जान सक्ने संकेतको रूपमा लिनुपर्ने चिकित्सकहरु बताउँछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


