फेरी संक्रमणको संकेत, सचेत रहन स्याङ्जा प्रशासनको आग्रह

स्याङ्जा :
कोरोना संक्रमणको संकेत देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सचेत रहन आग्रह गरेको छ । कोरोना महामारीको नयाँ भेरियन्टसहितको संक्रमण देखिएको भन्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र स्याङ्जाको बैठकले सचेत रहन जिल्लवासीमा आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा डिसिएमसीका अध्यक्ष राजुप्रसाद पौडेलले एक सुचना जारी गर्दै पुन ः कोरोना संक्रमण देखिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका हुन् ।
घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सरकारी तथा सार्वजनिक निकायहरुले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गगरी सेवा प्रवाह गर्ने, धेरै मानिसहरु जम्मा हुने भीडभाडका क्रियाकलाप नगर्ने, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड प्रयोग गरी संचालन गर्ने लगायतका सुझावहरु सहित प्रजिअ पौडेलले सुचना मार्फत जानकारी दिएका छन् ।
सपिङ मल, होटल तथा रेष्ट्ररेन्ट तथा अन्य प्रकारका व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पालना कोरोना संक्रमणलाई फैलिन नदिन आमसर्वसाधारण, नागरिक समाज, पत्रकार, संघसंस्था लगायत सबैले समन्वयकारी भूमिका निर्वाह गरिदिन अपिल गरिएको प्रजिअले जारी गरेको सुचनामा उल्लेख छ । आफ्नो लापरवाहिका कारण अन्यलाई यो संक्रमण सर्ने भएकाले आफैबाट स्वास्थ्य मापदण्ड पुरा गरी हिडडुल गर्न स्वास्थ्य कार्यालय स्याङ्जाले समेत अनुरोध गरेको छ । कोभिड व्यवस्थापन केन्द्रको बैठक बसेर जिल्लाबासीमा अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…