फेरी संक्रमणको संकेत, सचेत रहन स्याङ्जा प्रशासनको आग्रह
स्याङ्जा :
कोरोना संक्रमणको संकेत देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सचेत रहन आग्रह गरेको छ । कोरोना महामारीको नयाँ भेरियन्टसहितको संक्रमण देखिएको भन्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र स्याङ्जाको बैठकले सचेत रहन जिल्लवासीमा आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा डिसिएमसीका अध्यक्ष राजुप्रसाद पौडेलले एक सुचना जारी गर्दै पुन ः कोरोना संक्रमण देखिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका हुन् ।
घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सरकारी तथा सार्वजनिक निकायहरुले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गगरी सेवा प्रवाह गर्ने, धेरै मानिसहरु जम्मा हुने भीडभाडका क्रियाकलाप नगर्ने, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड प्रयोग गरी संचालन गर्ने लगायतका सुझावहरु सहित प्रजिअ पौडेलले सुचना मार्फत जानकारी दिएका छन् ।
सपिङ मल, होटल तथा रेष्ट्ररेन्ट तथा अन्य प्रकारका व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पालना कोरोना संक्रमणलाई फैलिन नदिन आमसर्वसाधारण, नागरिक समाज, पत्रकार, संघसंस्था लगायत सबैले समन्वयकारी भूमिका निर्वाह गरिदिन अपिल गरिएको प्रजिअले जारी गरेको सुचनामा उल्लेख छ । आफ्नो लापरवाहिका कारण अन्यलाई यो संक्रमण सर्ने भएकाले आफैबाट स्वास्थ्य मापदण्ड पुरा गरी हिडडुल गर्न स्वास्थ्य कार्यालय स्याङ्जाले समेत अनुरोध गरेको छ । कोभिड व्यवस्थापन केन्द्रको बैठक बसेर जिल्लाबासीमा अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


