स्याङ्जाका ३७ स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित बिदाइ

भवानी अधिकारी/स्याङ्जा : स्वास्थ्य कार्यालय स्याङ्जाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घकालीन सेवाका लागि सम्मानसहित बिदाइ गरेको छ।

स्याङ्जामा कार्यरत ३७ जना स्वयंसेवीलाई सम्मानपत्र र जनही २० हजार नगदसहित सम्मान एवं बिदाइ गरेको हो।

सम्मानसहितको बिदाइ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले समाजिक सेवामा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको बताउँदै शिक्षा, स्वास्थ्य र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए।

घर, परिवार, समाज र जिल्लालाई बिबिध सेवा उपलब्ध गराउँदै आएका स्वयंसेवीका खटाईले स्वास्थ्यमा आमूल परिवर्तन आएकोमा उनको भनाइ छ।

स्वयंसेवी महिलाका कारण नियमित खोप, स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका जानकारी पाएको बताउँदै अन्तर्राष्ट्रियस्तरमासमेत सम्मान हुने अवसर जुटेको उनले बताए।

आफूहरूले महिला र शिशुको जीवनरक्षाका लागि गरेका सेवाप्रति पूर्णसन्तुष्ट रहेको जनाउँदै स्वयंसेविकाका लागि राज्यले निःशुल्क स्वास्थ्य बिमाको सुबिधा उपलब्ध गराउन माग गरेका छन्।

६० बर्ष उमेर पुगेका, विभिन्न पेशा र जनप्रतिनिधिका रुपमा निर्वाचित ३७ जनालाई बिदाइ एवं सम्मान गरिएको हो।

स्याङ्जाभर ६ सय १२ जना स्वास्थ स्वयंसेवीले सेवा दिदै आएका छन। खोप अभियान लगायत स्वास्थ्य सम्बन्धी कामका समयमा महिला स्वास्थ्य स्वयंसेवीलाई परिचालन गरिन्छन्।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP