एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते: दुई विषयको परीक्षा छुट्ने र सी ग्रेडभन्दा कम ल्याउनेले परीक्षा दिन पाउने ।
काठमाण्डौ:
माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो।
गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुपर्ने हुन्छ।
सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्। दुई विषयसम्म अनुपस्थित रहेक विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्।
परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ। भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


