नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर ।
काठमाण्डौ:
नेपालको पासपोर्ट (राहदानी) विश्वकै सबैभन्दा कमजोर रहेको एक अध्ययनले देखाएको छ। लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो।
अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको छ। उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि ९१०५ औं० स्थानमा छ। गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो।
विश्वका कति देशहरूले भिसाबिनै ९भिसाफ्री स्कोर० ती देशमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ। जसअनुसार जापान एक नम्बरमा छ। त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन्।
जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ। दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


