जलचर संरक्षण गर्दै गाँउपालिका
स्याङ्जा :
अर्जुनचौपारी गाउँपालिले दरौखोलामा बिभिन्न जातका १० हजार माछाका भुरा छोडेको छ । मत्य बिकास केन्द्र मिर्मी सहयोगमा अर्जुनचौपारीले रहु जातका तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलमा छोडेको हो । दरौखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो पटक खोलामा माछाका भुरा छाडेको अध्यक्ष प्रकाश तिवारीले बताए । अबको १५ दिनमा थप पाचँ हजार माछाका भुरा छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताए ।
धेरै ठाउँमा खोलालाई माछा मार्फत आय आर्जनमा जोडिएको र बिज्ञ सगँको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताए । जलचरको संरक्षणका गाँउपालिका लागिरहने तिवारीले बताए । पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा हालेको हो भने पालिकाले आगामी आर्थिक बर्षमा एक लाख भुरा खोलामा छाड्ने योजना बनाएको छ । खोलमा माछाका भुरा हालेसगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताए । परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविको पार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आईपरेमा पालिकाले राहत उपलब्ध गराउने छ ।
जीविको पार्जनमा कठिनाइ भएका व्यक्ती वा समुदायलाई पालिकाकामा राहतका लागि निवेदन दिन पालिकाले सूचित समेत गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ । पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाईएमा कानून बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


