जलचर संरक्षण गर्दै गाँउपालिका
स्याङ्जा :
अर्जुनचौपारी गाउँपालिले दरौखोलामा बिभिन्न जातका १० हजार माछाका भुरा छोडेको छ । मत्य बिकास केन्द्र मिर्मी सहयोगमा अर्जुनचौपारीले रहु जातका तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलमा छोडेको हो । दरौखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो पटक खोलामा माछाका भुरा छाडेको अध्यक्ष प्रकाश तिवारीले बताए । अबको १५ दिनमा थप पाचँ हजार माछाका भुरा छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताए ।
धेरै ठाउँमा खोलालाई माछा मार्फत आय आर्जनमा जोडिएको र बिज्ञ सगँको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताए । जलचरको संरक्षणका गाँउपालिका लागिरहने तिवारीले बताए । पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा हालेको हो भने पालिकाले आगामी आर्थिक बर्षमा एक लाख भुरा खोलामा छाड्ने योजना बनाएको छ । खोलमा माछाका भुरा हालेसगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताए । परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविको पार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आईपरेमा पालिकाले राहत उपलब्ध गराउने छ ।
जीविको पार्जनमा कठिनाइ भएका व्यक्ती वा समुदायलाई पालिकाकामा राहतका लागि निवेदन दिन पालिकाले सूचित समेत गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ । पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाईएमा कानून बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


