स्याङ्जाका स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख विनियोजन
प्रकाश डोटेल,
स्याङ्जा, जेठ १९ :
सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट आईतबार सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले जिल्लाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरेका हुन् ।
जिल्लाका ११ स्थानीय तहका लागि ४ अर्ब ६६ करोड २४ लाख विनियोजित बजेटमा समानीकरण अनुदान तर्फ १ अर्ब २७ करोड १३ लाख रहेको छ भने सशर्त अनुदान अन्र्तगत ३ अर्ब ३ करोड ५३ लाख रहेको छ । समपूरक अनुदानमा १६ करोड ३० लाख र विशेष अनुदान तर्फ १९ करोड २८ लाख रहेको उल्लेख गरिएको छ ।
जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख र ६ गाउँपालिका तर्फ १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरिएको छ । नगरपालिका तर्फ सबैभन्दा बढी पुतलीबजारलाई ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोटलाई ३९ करोड ७३ लाख विनियोजन गरिएको सार्वजनिक बजेटमा उल्लेख छ ।
पुतलीबजारलाई समानीकरण अनुदान तर्फ १५ करोड ९१ लाख, सशर्त अनुदान अन्तर्गत ४५ करोड ८२ लाख र समपुरक अनुदानमा १ करोड ४० लाख गरी ६३ करोड १३ लाख गरी ६३ करोड १३ लाख विनियोजन गरिएको छ ।
वालिङ नगरपालिकालाई ६२ करोड ५७ लाख विनियोजन गरेको छ । विनियोजित रकममा समानीकरण अनुदान तर्फ १७ करोड ३२ लाख, सशर्त अनुदान अन्तर्गत ४२ करोड २५ लाख, समपुरक अनुदानमा २ करोड २० लाख र विशेष अनुदान ८० लाख गरी ६२ करोड ५७ लाख विनियोजन गरिएको हो ।
गल्याङ नगरपालिकालाई ५५ करोड ३२ लाख विनियोजन गरेको छ । विनियोजित बजेटमा समानीकरण अनुदान तर्फ १४ करोड २२ लाख, सशर्त अनुदान अन्तर्गत ३७ करोड १० लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदानमा २ करोड रहेको छ ।
समानीकरण अनुदानमा ११ करोड ५४ लाख, सशर्त अनुदान तर्फ ३२ करोड ७४ लाख, समपूरक अनुदान २ करोड ५० लाख र विशेष अनुदानमा २ करोड गरी चापाकोट नगरपालिकालाई ४९ करोड ४२ लाख विनियोजन गरिएको छ ।
अर्थ मन्त्रालयले भीरकोट नगरपालिकालाई ३९ करोड ७३ लाख विनियोजन गरेको छ । समानीकरण अनुदान तर्फ ११ करोड ५९ लाख, सशर्त अनुदान अन्तर्गत २६ करोड ३४ लाख, समपूरक अनुदानमा ८० लाख र विशेष अनुदान १ करोड गरी ३९ करोड ७३ लाख विनियोजन गरिएको हो ।
त्यसैगरी जिल्लाका ६ गाउँपालिका मध्ये कालीगण्डकीलाई ३८ करोड ४० लाख विनियोजन गरिएको बजेटमा समानीकरण अनुदान तर्फ १० करोड ९३ लाख, सशर्त अनुदान अन्तर्गत २३ करोड ४७ लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदान २ करोड रहेको छ ।
समानीकरण अनुदान तर्फ ९ करोड ३२ लाख, सशर्त अनुदान अन्तर्गत २२ करोड ४, समपूरक अनुदानमा १ करोड ५० लाख र विशेष अनुदान २ करोड ५० लाख गरी आँधीखोला गाउँपालिकालाई ३५ करोड ३६ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।
विरुवा गाउँपालिकालाई ३३ करोड ६० लाख विनियोजन भएको छ । समानीकरण अनुदानमा ९ करोड ६४ लाख, सशर्त अनुदान तर्फ २२ करोड ६ लाख, समपूरक अनुदानमा ९० लाख र समपूरक अनुदानमा १ करोड गरी ३३ करोड ६० लाख विनियोजन गरिएको हो ।
समानीकरण अनुदान तर्फ ९ करोड ३३ लाख, सशर्त अनुदान अन्तर्गत १७ करोड १९, समपूरक अनुदानमा १ करोड ६० लाख र विशेष अनुदानमा २ करोड ४९ लाख गरी हरिनाश गाउँपालिकालाई ३० करोड ६१ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
अर्जुनचौपारी गाउँपालिकालाई ३० करोड ४९ लाख विनियोजन भएको छ । समानीकरण अनुदान थर्फ ९ करोड ४ लाख, सशर्त अनुदान अन्तर्गत १८ करोड ४५, समपुरक अनुदान ७० लाख र विशेष अनुदानमा २ करोड ३० लाख विनियोजन भएको छ ।
समानीकरण अनुदान तर्फ ८ करोड २९ लाख, सशर्त अनुदान अन्तर्गत १६ करोड ७ लाख, समपूरक अनुदानमा ७० लाख र विशेष अनुदान २ करोड ५५ लाख गरी फेदीखोला गाउँपालिकालाई २७ करोड ६१ लाख विनियोजित बजेटमा समाबेश गरिएको छ ।
गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकीलाई ३८ करोड ४० लाख रुपैयाँ छ भने कम फेदीखोलालाई २७ करोड ६१ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ३१ करोड ४८ लाख बजेट बढि विनियोजन गरिएको छ । संघीय सरकारले बजेट विनियोजन गरेसँगै जिल्लाका स्थानीय पालिकाहरु आगामी आर्थिक वर्षका लागि आन्तरिक रुपमा बजेटको तयारीमा जुटेका छन् ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…