काठमाण्डौमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई विद्युतीय चुल्हो ।
काठमाण्डौ:
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्होका लागि आवेदन दिन आग्रह गरेको छ।
केन्द्रले आज सूचना निकालेर काठमाडौँबाहिरबाट आएर भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीबाट आवेदन माग गरेको हो।
विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्होको आवेदन माग गरेको केन्द्रले जनाएको छ। तोकिएको समूहका विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचय पत्रको प्रतिलिपिसहित आउँदो असार ९ गतेभित्र केन्द्रमा मागपत्र पेश गर्न सक्नेछन्।
यसअघि २०७८ फागुन ९ गतेको सूचना अनुसार माग पेस गरेका विद्यार्थीले भने पुनः निवेदन दिन नपाउने केन्द्रले जनाएको छ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


