निर्वाचन आयोग ई–भोटिङको तयारीमा : आयुक्त पौडैल
प्रकाश डोटेल,
स्याङ्जा, २८ जेठ
निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै आयोग ई–भोटिङको तयारीमा लागेको बताएका छन् । उनले आयोगलाई संस्थागत सुदृढीकरण गर्दै प्रविधिमा आधारित प्रणाली उपयोग गर्न लागिएको बताए ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाको नवर्निमित भवनको शनिबार शिलन्यास गर्दे उनले आयोगले प्रविधिलाई आत्मसाथ गर्दै अगाडी बढेको दाबी गरे । उनले प्रविधिको समुचित उपयोगमा आयोग रणनीतिक योजना बनाउन लागिरहेको समेत जानकारी दिए ।
भवन शिलन्यासका अवसरमा उनले आयोगको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना अन्र्तगत निर्वाचन कार्यालय निर्माणका अभियानलाई अगाडी बढाउँदै लैजाने योजना रहेको सुनाए । आयोगले २०७६ देखि ०८१ सम्मको अवधिलाई पञ्चवर्षिय योजना बनाएर काम गर्दे आएको जानकारी दिए ।
देशभरका ७७ जिल्लामध्ये १९ जिल्लामा मात्रै निर्वाचनको कार्यालय रहेको उनले बताए । एक जिल्लामा निर्माणाधीन अवस्थामा र अन्य ९ वटा कार्यालय सरकारी भवनमा रहेर काम गर्दे आएको आयुक्त पौडेलले जानकारी दिए । उनका अनुसार अब १० वटा कार्यालय बन्ने तयारीमा रहेको छ ।
शिलन्यास गरिएको भवन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बि.एम. वील्डर्स एण्ड सियोन एडभेन्चर कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ । २ करोड ३ लाखको लागतमा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका १ मा भवन निर्माण हुनेछ ।
एक रोपनी ३ आना क्षेत्रफलमा फैलिने भवन साढे २ तलाको १५ कोठे र ६ वटा शौचालय निर्माण गर्ने निर्माणकर्ता कम्पनीले जानकारी दिएको छ । २०६१ सालमा स्थापित निर्वाचन कार्यालय स्याङ्जाले भाडामा बस्दै आएको घरबाट सेवा प्रवाह गर्दे आएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


