काठमाण्डौमा हैजाका बिरामी देखिन थाले ।
काठमाण्डौ:
फोहोर, प्रदुषण तथा दुषित पानीका कारण काठमाण्डौमा हैजाका बिरामी देखिन थालेका छन् । गत बिहीबार भर्ना भएका एकै परिवारका दुई महिलामा आइतबार हैजा संक्रमण पुष्टि भएको थियो भने भर्ना भएका थप तीन जनामा हैजाको लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताले जनाएकोछ ।
अस्पतालको आईसीयूमा हिजो भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिनुभयो ।
एन्टिजेन रिपोर्ट पोजिटिभ आए पनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ । बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौंका ६५ वर्षीया महिला रहेको अस्पतालको भनाइ छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


