काठमाण्डौमा हैजाका बिरामी देखिन थाले ।
काठमाण्डौ:
फोहोर, प्रदुषण तथा दुषित पानीका कारण काठमाण्डौमा हैजाका बिरामी देखिन थालेका छन् । गत बिहीबार भर्ना भएका एकै परिवारका दुई महिलामा आइतबार हैजा संक्रमण पुष्टि भएको थियो भने भर्ना भएका थप तीन जनामा हैजाको लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताले जनाएकोछ ।
अस्पतालको आईसीयूमा हिजो भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिनुभयो ।
एन्टिजेन रिपोर्ट पोजिटिभ आए पनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ । बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौंका ६५ वर्षीया महिला रहेको अस्पतालको भनाइ छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


