स्याङ्जामा मनाईयो राष्ट्रिय धान दिवस ।
वालिङ, १५ असार :
स्याङ्जामा पनि राष्ट्रिय धान दिवस मनाईएको छ । ‘धान बालीमा जैबिक बिबिधताको उपभोग आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको हो ।
वालिङ नगरपालिका वडा नम्वर १ को फाँटमा आयोजना गरिएको धान दिवस तथा महोत्सवमा सहभागीहरुले धानको उत्पादन बृद्धि गर्ने तरिका, रैथाने बिउको संरक्षण,बिहान र साँझ दुवै पटक भात खाने प्रवृत्तिको अन्त्य लगायतको बिषयमा छलफल गरेका थिए । उनीहरुले उचित सिञ्चाई र बिउ छनौट राम्रो हुने हो भने उत्पादन बढ्ने दावी समेत गरेकाछन् ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले कृषिमा आधुनिकीकरण तथा विविधिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
कृषि प्रधान देश भएपनि कृषि उपजमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो–‘नेपाल कृषि प्रधान देश हो,तर हामीले प्रयोग गर्ने कृषिका हरेक उपजहरु बाहिर(भारत)बाट आयात गर्नुपरेको छ । हामी आफ्नै उत्पादनमा निर्भर हुने गरी उत्पादन गर्नतर्फ कदम चाल्नुपर्छ ।’
नगर प्रमुख खाँणले असार १५ ले कृषकहरुमा नयाँ उर्जा थप्ने भएकाले यस दिन जस्तै अन्य दिनहरुमा पनि उर्जाशील भएर कृषि उत्पादनमा लाग्न अनुरोध गर्नुभयो ।
उत्पादन वृद्धि गर्न नगरपालिकाले उन्नतजातका बीउ अनुदान,सिँचाईको प्रबन्ध,उत्पादित फसलको बजारीकरण लगायतलाई व्यवस्थित गर्न कार्ययोजना बनाएको जानकारी दिनुभयो ।
कृषि एम्बुलेन्स,सङ्कलन केन्द्र लगायतको स्थापनाले कृषकवर्गलाई टेवा पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कृषि बिकास निर्देशनालय पोखराका निर्देशक बासुदेव रेग्मीले गण्डकी प्रदेशको धानको उत्पादनको अवस्था र गर्न सकिने कामका बारेमा जानकारी गराउनु भएको थियो । कृषि क्षेत्रमा लगानी धेरै प्रतिफल थोरै भएको भन्दै यसको प्रभाव कम गर्न सबै क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रको आयात दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको भन्दै रेग्मीले गाँउगाँउका जग्गाहरु बाँझो हुँने क्रमलाई अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले कृषि क्षेत्रमा स्वरोजगार हुने युवाहरुलाई राज्यले सहयोग र सहकार्य गर्ने नीति ल्याएको बताउनु भयो । कृषि क्षेत्रमा काम गर्ने बास्तविक कृषकहरुलाई राज्यले सहयोग गर्ने उहाँको भनाई छ ।
रोपाईँ महोत्सवमा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले ‘अन्नहरुको राजा’ धानको उत्पादन घट्दै जानु दुखद विषय रहेको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरीय बीउको प्रयोग,आधुनिक खेती प्रणाली लगायतका माध्यमबाट उत्पादन वृद्धि गर्न सकिने सुझाव व्यक्त गर्नुभयो ।
कृषि बिकास स्रोत केन्द्र वालिङका प्रमुख सुदिप अर्यालले जिल्लाको धान उत्पादन र उत्पादकत्वका बारेमा जानकारी गराउनु भएको थियो । गण्डकी प्रदेशमा बिउको संरक्षण र उत्पादनका लागि स्रोत केन्द्रले काम गरिरहेको जानकारी गराउदै रेग्मीले रैथाने बिउको संरक्षणका लागि आवश्यक काम भईरहेको बताउनु भयो ।
कृषि बिकास श्रोत केन्द्र वालिङको आयोजना तथा कृषि ज्ञान केन्द्र स्याङ्जा,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,वालिङ नगरपालिका, युएनडिपी तथा दियालोको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
देवीस्थान कृषक समूहले सामुहिक खेती गरिरहेको ठाँउमा रोपाई महोत्सव गर्न पाउँदा आफूहरुलाई निक्कै खुसी लागेको समूहका अध्यक्ष शिव डुम्रेले बताउनु भयो । उहाँले भन्नुभयो प्रदेश र जिल्लाका बिभिन्न कार्यालय प्रमुखहरुको उपस्थितीमा गरिएको महोत्सवले आफूहरुलाई उर्जा थपिदिएको छ ।
महोत्सवका अवसरमा सिञ्चाई कार्यालय स्याङ्जाका प्रमुख हरिदत्त शर्मा पौडेलले जिल्लामा मौसमी १९ हजार हेक्टर र बाह्रै महिना १२ हजार हेक्टरमा सिञ्चाई पुगीरहेको बताउनु भयो ।
परम्परागत कुलोहरुलाई ५ बर्ष भीत्रमा पक्की बनाउने योजना अनुरुप काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरु जिल्लाका बिभिन्न कार्यालयका प्रमुखहरु, सेना, शसस्त्र प्रहरी, र जनपद प्रहरीका प्रमुखहरु, जनप्रनिधिहरु हिलो खेलेर र नाचेर धान दिवस मनाएका थिए ।
कार्यक्रममा दियालो÷युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, कृषि बिकास श्रोत केन्द्र वालिङका नवराज भुषाल लगायतले बालेका थिए ।
यसैबीच स्वाभिमान कृषक आइपीएम महिला समुह,वालिङ १३ पाठखोलाले पनि धान दिवस कार्यक्रम मनाएको छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…