सफथ पूर्व तिवारी पुगिन शोकाकुल परिवार र बिरामी भेट्न ।
स्याङ्जा :
वैशाख ३० गते देशभर निर्वाचनको उल्लास भइरहँदा वालिङ १४ अर्खलबासमा जिप दुर्घटना हुन पुग्यो । दुर्घटनामा गर्भवती महिला सहित १४ जनाको दुखद निधन भयो । सिर्खे गाउँका १४ जनाको निधन हुँदा अहिले गाउँ नै शोकमा छ । जनप्रतिनिधि नागरिकको सुखदुखमा सँगसँगै हुनुपर्छ भन्ने भावना बोकेकी नगरपालिकाकी नवनिर्वाचित उपमेयर कविता तिवारी गैह्रे सफथ हुनु भन्दा पहिले दुर्घटनामा ज्यान गुमाएकाका परिवार र अस्पतालका घाईतेलाई भेट्न पुग्नुभएको हो ।
नगरपालिका परिसरमा सफथको तयारी भईरहदा दुर्घटनामा निधन हुनुभएका मृतकका आफन्तलाई समवेदना दिन वालिङ १४ सिख्रे पुग्नु भएकी तिवारी बुधवार घाईते भेट्न पोखरा पुग्नु भएको थियो ।
तिवारीले शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्दै परिवारलाई र सक्नेजति सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यस्तै नगरपालिका की कार्यबाहक मेयर एवं काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले पीडितहरुलाई पार्टीको तर्फबाट सहयोग गर्ने बताउनु भयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


