स्थानीय निर्वाचन आउन ११ दिन बाँकी, विभिन्न राजनैतिक दलसहित स्वतन्त्र उम्मेदवार समेत चुनावी अभियानमा व्यस्त ।

वालिङ :

स्थानीय तहको निर्वाचन मिति आउन ११ दिन रहँदा विभिन्न राजनैतिक दलका उम्मेद्धारहरु मतदाताहरुको घरघरमा पुगेका छन । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी यहाँका उम्मेद्धारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका हुन । जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपालगायत अन्य विभिन्न दल तथा स्वतन्त्र उम्मेद्धारले समेत प्रचारप्रसार तथा घरदैलो अभियानलाई तिव्रता दिएका हुन । यसैबीच स्याङजाका प्रमुख राजनितिक दल नेकपा एमाले र नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरु मतदाताको घरघरमा पुगेका छन ।

सोमबार नेपाली काँग्रेसबाट वालिङका मेयर पदका उम्मेद्धार दिलिपप्रताप खांण, उपमेयरका उम्मेद्धवार कविता तिवारीसहितको वडा अध्यक्षहरुको टोलीले वडा नं. १३ का विभिन्न टोलटोल तथा घरघरमा पुगेर आफनो पक्षमा मतदान गर्न अपिल गर्नुभएको छ । पुर्व मेयर भोजराज अर्याल, मेयरका उम्मेदवार दिलिपप्रताप खांण, उपमेयरका उम्मेदवार कविता तिवारी, पार्टीका नगर सभापति नेत्रप्रसाद पाण्डे, जिल्ला सदस्य कविता भुषाल सहित वडा नं. १३ का अध्यक्ष चण्डीप्रसाद पाठक, सदस्यका उम्मेदवारहरु ज्ञानबहादुर डाला, यामप्रसाद गैह्रे, पवित्रा एसके, मिना रानाको टोलीले सोमबार वडा नं. १३ को पाठेखोला, झलुंगे बजार, बायँटारी, थानपाटा, कटौँजे, सिख्रे, उदियाचौरलगायतका स्थानहरुमा मतदाताहरुको घरघरमा पुगेर काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा मेयरका उम्मेद्धार दिलिपप्रताप खांणले ५ वर्षमा गर्न बाँकी रहेका अधुरा कार्ययोजनाहरु सम्पन्न गरी स्मार्ट सिटिको अवधारणालाई सार्थकता दिनका लागी आफनो पुनः उम्मेदवारी रहेको बताउनुभयो । वालिङका नागरिकलाई विकासको पहुँचमा पु¥याउनका निमित्त, नागरिकका आधारभुत आवश्यकता सहज रुपमा पुरा गर्नका लागी केहि कार्यहरु बाँकी रहेका कारण फेरि पनि कांगे्रसका उम्मेदवारलाई विजयी बनाउनु अनुरोध गर्नुभयो ।

कार्यक्रममा उपमेयरका उम्मेदवार कविता तिवारीले महिलालाई उद्यमशीलतासंगै जोडदै यहाँका महिला तथा बालबालिकाहरुको हकअधिकार सुनिशिचत गर्नका लागी आफुले उम्मेदवारी दिएको बताउनुभयो । कार्यक्रम हेमन्तप्रसाद गैह्रेको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन बुद्धिसागर गैह्रे र स्वागत टोल संयोजकहरुले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP