लियो क्लब वालिङ सिटीको अध्यक्षमा सुमना लामिछाने
वालिङ :
लियो क्लब अफ वालिङ सिटीको अध्यक्षमा सुमना लामिछाने चयन हुनु भएकाे छ । लियो क्लब अफ वालिङ सिटीकाे चौथो साधारण सभा तथा तेस्रो अधिबेशनबाट लायन बर्ष २०२२/२३ को लागि सुमना लामिछाने (मनिषा) निर्वाचित हुनु भएकाे हाे ।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालका सिनियर (AOG) चेत नारायण श्रेष्ठ , जोन चियर प्रसन कबिता भुसाल , लियो जिल्ला परिषद ३२५ बि १ नेपाल PRO दिक्षान्त प्रताप खाँण लगायत बालेका थिए ।
क्लबको प्रथम उपाध्यक्षमा प्रज्ज्वल रनपाल , द्वितीय उपाध्यक्षमा हरि रेग्मी, तृतीय उपाध्यक्षमा समीर श्रेष्ठ निर्वाचित निर्वाचित हुनुभएको छ । निर्वाचीत अध्यक्ष लामिछानेले सचिबमा किशोर बस्याललाई मनोनीत गर्नुभएकाे छ ।
कार्यक्रममा बोल्दै श्रेष्ठले बार्षिक रुपमा गर्दै अाएका कार्यले यो बर्ष नि निरन्तरता पाउने र यो बर्ष भन्दा थप नयाँ रचनात्मक कार्य गर्ने बिश्वास व्यक्त गर्नु भयाे । कार्यक्रममा स्वागत मन्तव्य प्रज्ज्वल रनपालले र अध्यक्षता खुम शर्मा तथा संचालन किशोर बस्यालले गर्नु भएकाे थियाे ।
आफ्नो आगामी कार्यक्रम सहित धन्यवाद मन्तव्य निर्वाचित अध्यक्ष सुमना लामिछानेले राख्नु भएको कुशल बस्यालज्यु जानकारी दिनु भयाे ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


