आज संघीय संसदमा बजेट प्रस्तुत हुने ।

काठमाण्डौ
सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा आज (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ०८० को राजस्व र ब्ययको वार्षिक बजेट दिउँसो ४ बजे प्रस्तुत गर्नुहुनेछ । गत असारमा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि अर्थमन्त्री शर्माले भदौमा बजेटको संशोधन विधेयक ल्याउनु भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको छ ।
चालू वर्षको आर्थिक सर्वेक्षणमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखाइएको छ । उक्त रकम मध्ये ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब ३९ अर्ब निजी क्षेत्रबाट, ८७ अर्ब रुपैयाँ सहकारी तथा गैरसरकारी क्षेत्रबाट र ८८ अर्ब घरपरिवार क्षेत्रबाट लगानी हुनुपर्ने सरकारको अनुमान रहेको छ ।
यसमा सरकारी र निजी क्षेत्रबाट हुने लगानीमा क्रमशः २ खर्ब १८ अर्ब र ३ खर्ब ६७ अर्ब गरी वार्षिक औसत ५ खर्ब ८५ अर्ब अपुग हुने देखिएको सरकारले बताएको छ । यद्यपि, दिगो विकास लक्ष्य कार्यान्वयन लाई प्रभावकारी र व्यवस्थित बनाउन नीतिगत, कानूनी तथा संस्थागत संरचना तयार गरिएको छ । आर्थिक संकट गहिरिंदै गएको बेला सरकारले भने यसै वर्ष हुने संसद र प्रदेश सभा चुनावका लागि लक्षित गरी लोकप्रिय कार्यक्रमहरू समावेश गरेको बुझिएको छ ।
वृद्ध भत्ता पाउने उमेर ७० बाट घटाएर ६८ बनाइने छ भने अन्य सामाजिक भत्ता पनि थपिने बुझिएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…