स्याङ्जाको वालिङमा जीप दुर्घटना, १३ जनाको मृत्यु,१२ जनाको उपचार हुँदै ।

वालिङ, बैशाख ३० गते ।
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको छ । वालिङ १४ को सिख्रेबाट तिवारीपसल स्थित मतदान केन्द्रका लागि छुटेको जीप ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो ।
जीप पर्वत जोड्ने माथिल्लो सडकबाट ५ सय मिटर तल्लो सडकमा झरेको हो ।
गाडीमा सवार मध्ये १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो । १२ जना घाईतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीको भनाई छ ।
अत्यधिक भारका कारण जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरीको भनाई छ । घाईते मध्ये एकको अवस्था अति गम्भिर रहेको प्रहरीले जनाएको छ । मृतक तथा घाईतहरुको पहिचान हुन बाँकी छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP