स्याङ्जाबाट चोरी गरी भागेका व्यक्ति सिराहाबाट पक्राउ ।

वालिङ, चैत्त २१ गते :
स्याङ्जाको वालिङमा पसल फोरेर चोरी गरी भागेका एक व्यक्ति सिराहाबाट पक्राउ परेकाछन् । वालिङ १ रामबाच्छामा रहेको अलईन वन हाउस बाट मोबाईल सहितका सामाग्री चोरी गरी भागेका सिराहाको गोलबजार ३ बस्ने जनक भनिने राजेश कुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । मोवाइल लगायत गरी चार लाख ९६ हजार ६ सय ५० रुपैया बराबरको समान चोरी गरी भागेका दनुवारलाई वडा प्रहरी कार्यालयको सक्रियतामा पक्राउ गरी ल्याईएको स्याङ्जाका प्रहरी प्रमुख राजिव बहादुर बस्नेतले जानकारी दिनुभयो ।
चैत्र ८ गते राती भएको चारीको घटना पछि प्रहरीले चोरीमा संलग्न लाई पक्राउ गर्न सक्रियता बढाएको र सिसि टिभी लगायतको सहयोगमा चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी ल्याएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आज पत्रकार सम्मेलन गरी चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरेको हो ।
दनुवारलाई स्याङजा जिल्ला अदालत स्याङजाबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।
प्रहरीले दुवारसँग बिभिन्न कम्पनीका १५ थान मोबाईल, बिभिन्न कम्पनीका ५२ थान हाते घडीहरु, स्पिकर थान ३, मनिटर थान १, डाटाकेवल थान १, मोबाईल चार्जर थान १, चाबीको कभर थान २, हाते घडीको फिता (चेन) १७ थान, लगायतका सामाग्रीहरु बरामद गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP