वालिङमा जनतासँग उमेद्वार कार्यक्रम सम्पन्न,विकास निर्माणमा राजनीति नगर्न उम्मेदवारलाई नागरिकको आग्रह
वालिङ :
वालिङमा जनतासँग उमेद्वार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासि कृष्ण खाँणले आफ्नो घोषणापत्रमा धारणा राख्दै मेयर पदलाई मालिक र जनतालाई रैती ठान्ने प्रवृतिको अन्त्य गर्ने बताए । उनले मेयर साहेब बनेर नबस्ने जनताको सवेक बन्ने समेत प्रण गरेको थिए । उनले वालिङलाई स्वरोजगारमूलक र मौलिक स्रोतको परिचानलमा उत्कृष्ट बनाईने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मेयरका प्रत्यासी एवं निवर्तमान मेयरसमेत रहेका दिलीप प्रताप खाँणले चुनावमा लाग्नेहरुले नगरपालिकाको बारेमा भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए । उनले नगरपालिकाको सडक विस्तार कार्यक्रमले दुर्घटनामा न्युनिकरण भएको भन्दै बाकी ५ बर्षमा स्मार्ट वालिङको बाकी योजना पूरा गर्ने दाबी गरे ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका मेयरका प्रत्यासी नित्यानन्द तिवारी, राप्रपाका मेयरका प्रत्यासी पूर्ण बहादुर क्षत्री, स्वतन्त्रका प्रत्यासी राजेन्द्र गैरे लगायतले आफ्नो घोषणापत्रसहित प्रतिबद्धता व्यक्त गरेका थिए । वालिङ नगरपालिकाका वडाध्यक्षसहित मेयरहरुको प्रत्यासी सहभागी भएको कार्यक्रममा ३ दर्जनबढी प्रस्नहरु उठेका थिए । उठेका प्रस्नहरुमध्येबाट आयोजकले सम्पादन गरिएका प्रस्नहरुलाई मेयर, उपमयेर एवं वडाध्यक्षहरुले उत्तर दिएका थिए ।
वालिङ नगरपालिकामा चर्चाको रुपमा रहेको दुई खाणँविचको लडाईलाई प्रतिष्ठाको रुपमा लिईएको भन्दै आएको प्रस्नमा दुवैजना प्रत्यासिले उत्तर दिदैं राजनीतिमा सबै कुरा सम्भव भएको बताए ।
दुवैजनाले स्वस्थ प्रतिस्पर्धा गर्ने र जसको जीत भएपनि वालिङको योजना पूरा गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

अकला आवाज साप्ताहिक र नेपाल स्वयंमसेवक सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा वालिङका २ सयबढी मतदाताको सहभागीता रहेको थियो भने प्रतिनिधीमुलक प्रस्नहरुलाई स्थान दिईएको थियो ।
वालिङमा पहिलोपटक उमेद्वारसँग साक्षात्कार कार्यक्रमले वालिङका मतदातालाई सकरात्मक सन्देस प्रवाहा गरेको अकला आवाज साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक प्रकास डुम्रेले बताए । डुम्रेले सबै उम्मेदवारलाई विभिन्न माध्यमबाट आएका प्रश्न र प्रतिक्रियाले थप जिम्मेवार र जवाफदेही बनाएको बताए । सञ्जालका वालिङ अध्यक्ष केदार गैह्रेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजकर्ताको रुपमा टिकराज गुरुङले गरेका थिए भने समन्वय गोपाल गैह्रे र निलकण्ठ गैह्रे गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


