वालिङ जिप दुर्घटना अपडेट : मृतक ५ जना कै पहिचान खुल्यो ।

वालिङ, बैशाख ४ :

स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना परी ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका बिरबहादर डाला मगर, वर्ष ४५ की हिराकुमार डाला, २५ वर्षकी सर्मिला सारु, उनका ७ महिनाको छोरा गौरब सारु र वालिङ नगरपालिका १४ की वर्ष ६१ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका ६ जनालाई नै उपचारका लागि पोखरा पठाईएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते हुनेमा अन्दाजी वर्ष ६० वर्षका अंगबहादुर डाला, ५५ का जिप चालक दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेको प्रहरीले स्याङ्जाले जनाएको छ ।

जिप सडकबाट झण्डै दुई सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । जिपमा ११ जना सवार रहेका बताईएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP