वालिङ जिप दुर्घटना अपडेट:मृतकको संख्या ६ पुग्यो, पोष्टमार्टम पछि शवहरु आफन्तलाई बुझाईयो ।
वालिङ,५ बैशाख :
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । वालिङ १२ का ६० वर्षीय अंगबहादुर डालाको सोमवार बिहान उपचारका क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यसअघि दुर्घटनामा परी वालिङ १२ को एकै गाँउका बिरबहादर डाला मगर, हिराकुमारी डाला,सर्मिला सारु, उनका ७ महिनाको छोरा गौरब सारु तथा वालिङ नगरपालिका १४ का कुलकुमारी कनौचे ज्यान गएको थियो ।
दुर्घटनाका घाईते ५ जनाको भने पोखरामा नै उपचार भईरहेको छ । घाईते मध्ये १९ की लक्ष्मी डालाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै जिप चालक ५५ बर्षका दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, र वर्ष १८ की नविना सारु उपचाररत रहेको प्रहरीले जनाएको छ ।
आईतवार वालिङ नगरपालिका नगरपालिका वडा नम्वर १२ को फिरफिरेमा ग १ ज ७३९९ जिप दुर्घटना भएको थियो । घटनास्थलमा नै ४ जनाको र उपचारका क्रममा गह्रौं प्राथमिक अस्पताल वालिङमा एक शिशुको ज्यान गएको थियो ।
जिप ग्रामिण सडकबाट झण्डै दुई सय मिटर तल भिरमा अड्किएको छ । जिपमा ११ जना सवार रहेका बताईएको छ ।
यसैबीच दुर्घटनामा परी ज्यान गुमाएकाहरु ५ जनाको नै सोमवार पोष्टमार्टम गरिएको छ । शवहरु आज नै उनीहरुका आफन्तलाई बुझाइको गह्रौ प्राथमिक अस्पतालले जनाएको छ ।दुर्घटनामा धेरै जना गुमाएको वालिङ १२ को डाँडाखर्क भने शोकमा डुवेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


