नवजागरण संस्थाद्वारा मावि तथा निमावि फोकल शिक्षकहरुलाई दुई दिने तालीम दिदै ।

स्याङ्जा:
नवजागरण गैह्रसरकारी संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा नगरपालिका भित्रका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका फोकल शिक्षकहरुका लागि प्राथमिक उपचारसम्बन्धी दुई दिने तालीम शुरु भएको छ ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले विद्यालयहरुमा प्राथमिक उपचारकालागि यस तालीमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । झट्ट हेर्दा सामान्य देखिएपनि प्राथमिक उपचार जीवन रक्षाकालागि उपयोगी हुने भएकाले यहाँ सिकेका सिपलाई विद्यालयमा प्रयोग गर्न पनि शिक्षक प्रतिनिधिहरुलाई नगर प्रमुख खाँणले सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीप्रसाद रेग्मी, वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव तिलक पराजुलीले गर्नुभएको थियो ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…