स्याङ्जामा निर्माणधिन पुल भत्किदा आठ घाईते ।
स्याङ्जा, चैत २१ गते :
स्याङ्जाको चापाकोट नगरपालिका ८ स्थित कालीगण्डकी नदीमा दामाचौर र रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किदा आठ जना घाइते भएका छन् ।
घाइते हुनेमा रौतहट बस्ने २४ वर्षीय प्रेम धन पटेल, बारा बस्ने २२ वर्षीय रामनिवास कुमार पटेल, हरिहरपुर ८ बस्ने २८ वर्षीय जितेन्द्र पटेल रहेका छन् ।
यस्तै, अन्य घाइतेमा भारत बिहार बस्ने २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षी अनुपकुमार राव र गोरखा मिरासन गाउँपालिका ४ बस्ने २३ वर्षीय सृजन परियार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणाधीन दामाचौर रामपुर पाल्पा जोड्ने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिममाथि उचाली कामदारहरुलाई बिम जोड्ने काम गरिरहेको अवस्थामा अचानक बिमसहित कामदारहरु खस्न जाँदा घाइते भएको अधिकारीले बताउनुभयो ।
घाइतेमध्ये बारा बस्ने २२ वर्षीय रामनिवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको र सबैको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको अधिकारीले बताउनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


