स्याङ्जाका झण्डै ६७ हजार ५ सय बालबालिकालाई टाइफाइड बिरुद्धको खोप दिईने

भवानी अधिकारी
स्याङ्जा २३ चैत :

यही चैत २५ गतेदेखि ३० गतेसम्म स्याङ्जाका झण्डेै साढे ६७ हजार बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइने भएको छ ।
स्याङ्जाका १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाईने भएको हो ।
स्वास्थ्य कार्यालय स्याङ्जाद्धारा आयोजित अभिमूखीकरण कार्यक्रम मार्फत जिल्ला खोप समन्वय समिति र संचारकर्मीलाई टाइफाइड खोप अभियान र नियमित खोपका बारेमा सो जानकारी दिइएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्माका अनुसार जिल्लाभरका ६७ हजार ४ सय ४० जना बालबालिकालाई अभियान अन्र्तगत खोप दिईने भएको छ भने अवदेखि १५ महिनाका बालबालिकालाई सबैलाई नियमित खोप दिईने छ।


जिल्लाभरका ५४३ खोप केन्द्र स्थापनागरी १ हजार ८६ जना स्वयंसेवक परिचालन गरिने उनले बताईन् । बालबालिकालाई सहज बनाउन अधिकांश बिद्यालय र केही स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरिएका छन् । खोप लगाउनेमा स्वास्थ्य स्वयंसेविका सहित महिला शिक्षिकाको सहयोग लिईने बताइएको छ ।
टाइफाइडको संक्रमण बढ्दो देखिएपछि सरकारले अभियान नै संचालन गरेको प्रमुख शर्माको भनाई छ । खोपको विश्वसनीयता बारे औल्याउदै प्रमखु शर्माले भनिन्, ‘खोपप्रति शंका नगर्नुहोस् । निश्चिन्त भएर लगाउनुहोस् ।’
जिल्लाका पुतलीबजार, वालिङ्, गल्याङ, हरिनास, अर्जुनचौपारी र कालीगण्डकीमा चैत २५ देखि ३० सम्म र भीरकोट, चापाकोट, आधीखोला, फेदिखोला र बिरुवामा चैत २७ देखि ३० गतेसम्म खोप अभियान संचालन हुने भएको प्रमुख शर्माले भनिन् । जिल्लामा ९५ प्रतिशत खोप लगाउने लक्ष्य छ ।
कार्यक्रममा नगरप्रमुख सीमाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, रेडक्रसका सभापति दिनेश अर्याल, उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र नेपाल लगायतले खोप अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
बालबालिकालाई पहिलो पटक दिईन लागेको खोपका बारेमा अभिभावकलाई बुझाएर खोप केन्द्रसम्म पुग्ने वातावरण मिलाउनु पर्नेमा बक्ताहरुको जोड छ।
खोप समन्वय समितिका संयोजक सीता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्षय कुष्ठ अधिकृत बिष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP