स्थानीय तहको निर्वाचन :स्याङ्जामा आचारसंहिता पालना र समन्वय समिति गठन ।
स्याङ्जा :
आसन्न स्थानीय तहको निर्वाचनका तिथी नजिकिदै गर्दा स्याङ्जामा सरोकारवालाहले आचारसंहिता पालना र समन्वय समिति गठन गर्ने निर्णय गरेका छन । जिल्ला सदरमुकाममा आज आयोजित स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ सम्बन्धी प्रशिक्षण कार्यक्रममा सो निर्णय एवं प्रतिवद्धता गरिएका हुन । निर्वाचनका बेला उत्पन्न हुन सक्ने जुन सुकै परिस्थितीको समाधानका लागि प्रमुख निर्वाचन अधिकृत संयोजक रहनेगरी प्रमुख जिल्ला अधिकारी, जिल्लाका क्रियाशिल राजनीतिक दलहरुका प्रमुखहरु, निर्वाचन अधिकृतहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र जिल्ला निर्वाचन अधिकृत सदस्य सचिव रहने गरी समिति गठन भएको हो । यसैगरी, पालिका स्तरमा पनि सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको संयोजकत्वमा, स्थानीय तहमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु र स्थानीय तहमा रहेका सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने समिति गठन गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले निष्पक्ष, भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी सबैको कर्तब्य र जिम्मेवारी रहेको बताउदै सबैले निर्वाचन आचार संहिता पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचन आचार संहिता सम््रबन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लाका बस्तुगत अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीले गर्नुभएको थियो । कार्यक्रममा ११ वटै पालिकाका निर्वाचन अधिकृत, जिल्ला स्थित राजनीतिक पाटीका प्रमुख एवं प्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी लगायतको सहभागिता थियो।
सोही कार्यक्रममा नेकपा एमालेका सहसचिव राजेन्द्र ड्म्रे, नेपाली कांग्रेसका प्रवक्ता भरत लम्साल, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नारायण लम्साल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रप्रसाद गुरुङ, जनमुक्ति पाटीका अध्यक्ष बमबहादुर लामिछाने, मौलिक जरोकिलो पाटीका केन्द्रिय सदस्य कमल काफले, वीपी कांग्रेसका सचिव देवकला भट्टराई, मंगोल नेशनल अर्गानाइजेशनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले निर्वाचन र आचार संहिताका बारेमा सुझाव सहितका धारणा ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…