स्याङ्जामा एसईईका परीक्षार्थी घट्दो क्रम
स्याङ्जा :
कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुन : विगतको जस्तै परीक्षा केन्द्रहरुमार्फत् सञ्चालन हुन लागेको छ । तर स्याङ्जामा भने हरेक बर्ष परीक्षार्थीको संख्या घट्दै गैरहेको छ । गतबर्ष एसईई परीक्षाका लागि ५ हजार २ सय परीक्षार्थीले आवेदन दिएका थिए । तर यो बर्ष भने जिल्लाबाट ९६ प्राविधिक धारका, ५१ ग्रेडबृद्धि र ४ हजार ७ सय ७६ साधारणतर्फ गरी ४ हजार ८ सय २७ विद्यार्थी परीक्षामा सहभागी हुदैछन् ।
एसईई सञ्चालनको जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ््जाले यो वर्षको लागि जिल्लामा तय भएको परीक्षा केन्द्र सार्वजनिक गर्दै ३५ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको जनाएको छ ।
आगामी वैशाख ९ बाट २० गतेसम्म देशैभर एकसाथ सञ्चालन हुन लागेको परीक्षामा स्याङ्जाबाट करिब ५ हजार विद्यार्थीहरु सहभागी हुदैछन् ।
सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताईरहेपनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौंडेलले बताए । कोभिड महामारी र स्थानीय निकायको नजिकिँदो निर्वाचनबीच सञ्चालन हुन लागेको एसईई परीक्षामा यो वर्षबाट उत्तिर्ण हुन ३५ % अनिवार्य गरिएको छ ।
ईकाई प्रमुख पौंडेलका अनुसार विद्यालयबाट विगत दुई वर्षमा भएका आन्तरिक मूल्याङ्कनको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रहरुबाटै परीक्षा सञ्चालन गर्न लागिएको हो । “विद्यालयमा गर्दा धेरै जनशक्ति लाग्ने र परीक्षाको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रमै गर्ने भन्ने छ,“ पौंडेलल भने “विद्यालयमा गर्दा राम्रो नतिजा आएन भन्ने आयो।” परीक्षा र सम्परीक्षण स्तरीय नभएको गुनासो पछि परीक्षा केन्द्रहरुबाटै सञ्चालन गर्ने निर्णय भएको पौंडेलको भनाइ छ ।
प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रेले भने “केन्द्रले गरेको सबै ठिक हुन्छ तलकाले नराम्रो भन्ने मानसिकताले त शिक्षा प्रणाली कसरी सुध्रिन्छ र ? हामीले विद्यालय, शिक्षक र स्थानीय तहलाई जिम्मेवार बनाउने हो।”
समाचार
थप सामाग्रीकालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने
३ हप्ता अगाडि
वालिङ : मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउन कालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने भएको छ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी…