व्यस्त सडकमा विमान खस्दा , पाइलटसहित ६ जनाको मृत्यु ।
काठमाण्डौ:
हाइटीको राजधानी पोर्ट–औ–प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
पोर्ट–औ–प्रिन्स विमानस्थलबाट अपराह्न दक्षिणी तटीय शहर जेकमेलका लागि उडान भरेको सेस्ना २०७ नम्बरको सानो जहाज इन्जिनमा समस्या आएपछि कर्रेफोर समुदायको बस्तीमा आपतकालीन अवतरण गर्न खोज्दा ढुवानी ट्रकमा ठोक्किएर दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा पाइलटको उपचारका क्रममा मृत्यु भएको हो भने ट्रक चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । जहाजमा पाँच जना सवार थिए ।
हाइटीका प्रधानमन्त्री एरियल हेनरीले ट्वीटरमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


