पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त ।
काठमाण्डौ:
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्।
उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त भएका हुन्। खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् ।
पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन्। पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…