पाकिस्तानमा फेरिए प्रधानमन्त्री, इमरानको पार्टीका सबै सांसदले राजीनामा दिने । नेपालमा भने संसद् अबरोध पनि गर्ने, भत्ता र तलब पनि खाईरहने ।

imran khan pakistan

 

काठमाण्डौ:
पछिल्लो समय राजनीतिक उथुलपुथल भइरहेको पाकिस्तानमा सहबाज सरिफ नयाँ प्रधानमन्त्री बनेका छन्। सोमबार नेसनल एसेम्ब्लीमा पाकिस्तान मुस्लिम लिग (नवाज)का सरिफ निर्विरोध प्रधानमन्त्री नियुक्त भएका हुन्। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।

संसदको सबैभन्दा ठूलो दल इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) का सांसदहरूले निर्वाचन बहिष्कार गरेपछि सरिफ निर्विरोध प्रधानमन्त्री चयन भएका हुन्।

३४२ सदस्यीय एसेम्ब्लीमा पिटिआईका १५५ जना सांसद छन्। शनिबार राति इमरानविरूद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका थिए। खानले विपक्षीलाई देशद्रोहीको संज्ञा दिँदै उनीहरूसँग संसदमा सँगै नबस्ने बताएका छन्। पिटिआईका सबै सांसदहरूले राजीनामा दिने बताइएको छ।
सोहि प्रकृतिको घटनामा भने नेपालमा विपक्षीले भत्ता र तलब खाईरहेका छन् ।

सन् १९४७ मा अंग्रेजहरूले भारत छोडेपछि भएको विभाजनले पाकिस्तानको जन्मिएको थियो। पाकिस्तानको ७५ वर्षको इतिहासमा अहिलेसम्म सबै प्रधानमन्त्रीले नियति इमरान खानको जस्तै थियो अर्थात् उनीहरूमध्ये कसैले पनि पाँच वर्षे पूर्ण कार्याकाल पूरा गर्न पाएनन्। तीमध्ये कतिलाई भ्रष्टाचार आरोपमा अदालतले सत्ताबाट हटायो। कतिले पार्टीको आन्तरिक मामिला मिलाउन नसक्दा प्रधानमन्त्री छोड्नु पर्‍यो। पटक-पटक पाकिस्तानी सेनाले गरेको कूका कारण पनि केही प्रधानमन्त्रीले सत्ता छोड्नु पर्‍यो भने एकजना प्रधानमन्त्रीको हत्या भएको थियो।

अहिलेसम्म पाकिस्तानमा एक जना प्रधानमन्त्रीले जम्मा दुई सातामात्रै पदमा बस्न पाएका थिए भने सबैभन्दा बढी प्रधानमन्त्री हुनेले ४ वर्ष दुई महिना सरकार चलाएका थिए। सन् १९९३ मा पाकिस्तानमा एकै वर्ष पाँच जना प्रधानमन्त्री परिवर्तन भएका थिए।

 

Facebook Comments Box
TOP