भारतमा आगलागीमा परेर नेपाली बालकको मृत्यु ।

fire

काठमाण्डौ:
भारतमा आगलागीमा परेर एक जना नेपाली बालकको मृत्यु भएको छ ।

मंगलबार हरियाणा हिसारमा रहेको राम चाट भण्डारमा आगलागी हुँदा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका उनले भारतमै काम गर्न थालेका थिए । भीमका बुवा हुबबहादुरले गाउँका अन्य पाँच जना पनि राम चाट भण्डारमा नै काम गर्ने बताएका छन् । आगो लागेपछि उनीहरुले भागेर ज्यान जोगाएका तर भीमबहादुर सुतेकाले उनको ज्यान गएको खबरमा उल्लेख छ ।

Facebook Comments Box
TOP