संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको वालिङ देशभरमा दोस्रो, फेदीखोला चौथो ।
वालिङ, चैत्र २४ गते :
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको वालिङ नगरपालिका देशभरमा नै दोस्रो र गण्डकी प्रदेशमा पहिलो भएको छ ।
मन्त्रालयले प्रकाशन गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा स्याङ्जाको वालिङले ९५ अंक प्राप्त गर्दै दोस्रो भएको छ भने फेदिखोला गाउँपालिका ९२.७५ अंक प्राप्त गरि चौंथो भएको छ । तेस्रो स्थानमा रहेको गुर्भाकोट नगरपालिका, सुर्खेतले ९३.२५ अंक प्राप्त गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजामा धादिङको निलकण्ठ नगरपालिका ९७ अंक प्राप्त गरि उत्कृष्ट भएको छ ।
स्याङ्जा जिल्लाका पालिकाहरूको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा अनुशार पुतलीबजार नगरपालिका तेस्रोमा छ । पुतलीबजार नगरपालिकाले ८२.५ अंक प्राप्त गरेको छ भने आँधिखोला गाउँपालिकाले ७९ अंक प्राप्त गरेको छ । भीरकोट पाँचौ स्थानमा छ भीरकोटले ७७.७५ अंक प्राप्त गरेको छ ।
यसैगरी हरिनास गाँउपालिका ६५.५ अंक,कालीगण्डकी गाँउपालिका ६४.२५ अंक, गल्याङ नगरपालिका ६२.२५ अंक, बिरुवा गाँउपालिका ६०.७५ अंक र चापाकोट नगरपालिकाको ४९.७५ अंक रहेको छ ।
मन्त्रालयले ७५३ पालिका मध्ये लिजा प्रणालीमा प्रविष्ट भएका ६९९ पालिकाको आर्थिक वर्ष ७७÷७८ को नतिजा सार्वजनिक गरेको हो । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण र सहकार्य र समन्वय गरि दशवटा विषयक्षेत्रलाई समेटेर तयार पारिएको ६९९ पालिकाको स्वमूल्याङ्कन नतिजा मन्त्रालयले सार्वजनिक गरेको जनाएको छ ।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


