नेपालमा भुमिव्यवस्थापनको एकसय बर्ष पुरा : वालिङ प्रभातफेरी ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
देशभरीमा मालपोत कार्यालय र नापी कार्यालयले २०७८ चैत्र ३० देखि २०७९ बैशाख २ गते सम्म शतबार्षिकी दिवस मनाइरहेका छन् । नेपालमा लिखत पारितको १ सय बर्ष पुरा गरेको अवसरमा भुमि व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयले शतबार्षिकी दिवस मनाएको हो । स्याङ्जामा पनि मालपोत र नापी कार्यालयले प्रभातफेरी गरी अन्तरक्रिया गरेको छ । मालपोत र नापी कार्यालय वालिङको संयुक्त आयोजनामा वालिङ स्थित आफ्नै कार्यालयबाट शुरु भएको प्रभातफेरी जैसीपधेरा, वालिङ मोड, भिआईपी टोल, नयाँ बजार हुदै मालपोत कार्यालयको सभाहलमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले भुमि व्यवस्थापनको अभिलेख राख्न थालेको १ सय बर्ष पुरा भएकोमा शुभकामना व्यक्त गरे । नागरिकले भुमि भोगचलन गर्न पाउने अधिकार नेपाल सरकारले सुनिश्चित गरेको शतबार्षिकीले नागरिकको सेवामा अझै सुधारात्मक, सहज र सेवाग्राहीमैत्री बनाउने कदमको नगर प्रमुख खाँणले सुझाव व्यक्त गरे । नागरिकले भुमिप्रयोग गर्ने अधिकारबाट विकासमा केही असहजता प्रदान गरेको भन्दै यस्ता बिषयमा छलफल हुनु जरुरी रहेको बताए । अधिकांश झै झगडा र भष्ट्रचारमा समेत जग्गा जमिन नै कारक बनेका घट्ना प्रति लक्षित गर्दै नगर प्रमुख खाँणले यस्ता घट्नाको न्युनिकरण तर्फ राज्य सचेत बन्नुपर्ने धारणा व्यक्त गरे ।
नेपालको आर्थिक चलायमान बनाउन पछिल्लो समय जग्गा जमिनको कारोवार महत्वपुर्ण ठानिएको छ । राजस्व बृद्धिमा महत्वपुर्ण मानिएको भुमि नागरिकको प्रतिष्ठा सगँ पनि जोडिदै आएको छ । त्यसैले नेपाल सरकारले देशभरीका मालपोत र नापी कार्यालयलाई पुर्णरुपले प्रविधिमैत्री बनाउन लागेको छ । वालिङ मालपोत र नापी कार्यालयले पनि प्रविधि मार्फत् नागरिकलाई सेवा दिदै आएको मालपोत कार्यालय वालिङका प्रमुख रबिन अधिकारीले बताए । पेपरलेस अभियानमा वालिङको मालपोत तयारी अवस्थामा रहेको बताउदै मालपोत अधिकृत अधिकारीले विभागको अनुमतिको पर्खाइमा रहेको बताए ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नापी कार्यालय वालिङका प्रमुख गगन ढकाल, इलाका प्रशासन कार्यालय वालिङका सुचना अधिकारी सुवाश पौडेल, नेपाल लेखापढी व्यवसायी एसोसिएसनका खेमनारयाण रेग्मी र मालपोत कार्यालय वालिङका सुचना अधिकारी जिवनाथ पौडेलले भुमि व्यवस्थाको लिखत अभिलेख राखेको १ सय पुरा भएको दिवस मनाउन पाउनु हाम्रो पुस्ताको लागि गौरवको बिषय भएको बताएका थिए । सेवाग्राही र कार्यालय विचको सुमधुर सम्वन्धले सरकारी सेवाको अनुभुतिमा कुनै समस्या र झन्झटीलो नहुने गरी सेवा प्रवाह हुनुपर्नेमा जोड दिएका थिए । शतबार्षिकी अन्तरक्रिया कार्यक्रम लेखापढी व्यवसायी र मालपोत नापी कार्यालय दुवैको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


