नव जागरण संस्था वालिङद्वारा शैक्षिक सामग्री वितरण ।
वालिङ :
नव जागरण संस्था वालिङले एक कार्यक्रम मार्फत शहिद स्मृति प्रा.वि वालिङ् २ धैखोलाका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विद्यालयको प्राङगणमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य सरस्वती अर्याल रहनुभएको थियो भने सभापतित्व प्रदेश-२ ‘क’ स्याङजाका सभापति श्री अर्जुन प्रसाद खनालले गर्नुभएको थियो । प्रमुख अतिथि अर्यालले विद्यार्थी भविश्यका कर्णधार भएकाले उनिहरुको उज्जवल भविश्य नै देशको भविश्य हो भन्दै शैक्षिक विकाशमा सरकारले मात्र नभएर सबैले सहयोग र सहकार्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका सभापति अर्जुन प्रसाद खनालले संस्थाले कलिला नानीहरुको वृद्दि विकाशमा सधै सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले बालवालिका कलिला माटो भएकोले यीनीहरुको सानै देखी रेखदेख र शैक्षिक भविश्य सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक उमाकान्त रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो भने सरिता पौडेल, दामोदर लम्साल तथा भुपराज बगालेले बिद्यार्थीको चौतर्फी विकास र शैक्षिक प्रगतिका बारेमा विभिन्न विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन चक्रबन्धु रेग्मीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


