भारतमा कोरोनाको चौथो लहरको संकेत: नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको छ ।
मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् ।
भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ ।
भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।
उत्तर प्रदेशमा तीन दिनमै २ सय नयाँ संक्रमित भेटिएपछि मुख्यमन्क्री योगी आदित्यनाथले संत्रमणको पछिल्लो अवस्थाबारे सोमबार समीक्षा बैठक गरेका थिए । बैठकपछि उनले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिएका छन् । खोप नलगाएका व्यक्तिको पहिचान गरी खोप कार्यक्रमलाई थप गति दिन पनि उनले निर्देश गरेका छन् ।
उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ । मुम्बई–काठमाडौंबीच पनि सिधा उडान पनि छन् । २७ मार्चबाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौंबीच दैनिक ६ वटा फ्लाइट सञ्चालनमा छन् । त्यस्तै, नेपाल एयरलाइन्सले मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ । काठमाडौं आउँदाजाँदा दुवैतिर अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने गाइडलाइन हटाइएको छ । खोप कार्डले दुवैतिर मान्यता पाएको छ ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…