वित्त आयोगको मूल्याङ्कनमा स्याङ्जाको भीरकोट उत्कृष्ट, अर्जुनचौपारी कमजोर
प्रकाश डोटेल
स्याङ्जा, २६ फागुन :
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा स्याङ्जाका ११ स्थानीय पालिकामध्ये भीरकोट नगरपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरी उत्कृष्ट भएको छ । वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा भीरकोट नगरपालिकाले ७२.४६ अंक प्राप्त गरी जिल्लामै उत्कृष्ट भएको हो ।
जिल्लामा सबैभन्दा कम अंक अर्जुनचौपारी गाउँपालिकाले प्राप्त गरको छ । उसले ४८.०६ अंक प्राप्त गरेको छ । जिल्लाका पाँच नगरपालिकामध्ये भीरकोटले सबैभन्दा बढी ७२.४६ र पुतलीबजारले सबैभन्दा कम ५८.९५ अंक प्राप्त गरेको छ, भने चापाकोटले ६५.५४, वालिङले ६४.५३ र गल्याङ नगरपालिकाले ६२.६४ अंक प्राप्त गरेका छन् ।
जिल्लामा रहेका छ गाउँपालिकामध्ये कालीगण्डकीले सबैभन्दा बढी ६५.०९ र अर्जुनचौपारीले ४८.०६ अंक प्राप्त गरेका छन्, भने फेदीखोलाले ६४.२५, आँधीखोलाले ६०.७०, हरिनासले ५५.६३ र बिरुवा गाउँपालिकाले ५१.९४ अंक प्राप्त गरेका छन् ।
जिल्लाका स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको आयोगले जनाएको छ ।
समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुसमसान्तभित्र पेश गरे नगरेको विषयलाई आयोगले सुचांकमा समावेश गरिएको छ ।
आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आबको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवद्यिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति सख्या, बालबालिकाको सख्यालगायत शीर्षकमा सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिने गरेको छ ।
संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान नगरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्याङ्कन गरिएको आयोगलाई जनाएको छ । सोहि मूल्याङ्नका आधारमा आयोगले आगामी आबका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्नेछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


