रुस-युक्रेनबीचको युद्ध तत्काल बन्द गर्न माग गर्दै मानवअधिकारकर्मीद्धारा स्याङ्जामा प्रर्दशन
भवानी अधिकारी
स्याङ्जा, ८ चैत :
‘युक्रेन माथिको अतिक्रमण बन्द गर, सबै मानिसका आधारभूत अधिकार प्रत्याभुत गर’ भन्दै मानव अधिकारकर्मीहरुले मंगलबार स्याङ्जा सदरमुकाममा प्रर्दशन गरेका छन्।
रुस — युक्रेन युद्ध बन्द गर भन्दै मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले प्रर्दशन गरेको हो। युद्ध निषेध ः शान्ति बिशेष अभियान भन्ने मुल नारा लेखिएको ब्यानर सहित नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा बसेर प्रर्दशन गरेका हुन।
प्रर्दशनपछिको सभामा बोल्दै अधिकारकर्मी एवं समाजसेवी प्रेमराज पौडेलले जुनसुकै समस्यको निकास पनि वार्ताद्धारा हुने जनाउदै रुस र युक्रेनबीचको युद्ध वार्ता मार्फत टुंग्याउदै सबै मानव जातिको अधिकार प्रत्याभूत गराउनु पर्ने बताउनुभयो ।
यसैगरी, समाजका पूर्वसभापति पृथ्वीप्रसाद पोखरेल, पूर्व उपसभापति हरिप्रसाद रेग्मी, कोषाध्यक्ष शान्ति अर्याल, सदस्यहरु रविन केसी, गंगादेवी अर्याल, डीलबहादुर खत्री, लालबहादुर अधिकारी लगायतले मानिसहरुका बाच्न पाउने अधिकार हनन गर्न नहुनेमा जोड दिदै दुबै देशले तत्काल युद्ध रोक्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम बारे जानकारी एवं संचालन सचिव भवानी अधिकारीले गर्नुभएको थियो । फ्रेवुअरी २४ देखि सुरु रुस युक्रेनबीचको युद्ध महिना दिन पुग्नलाग्दा सम्म पनि जारी छ। युद्धका क्रममा हजारौं बालबालिका, महिला तथा पुरुषहरुको ज्यान गएको छ, ३५ लाख भन्दा बढी युक्रेनी विस्थापित बनेको र अरबौं मूल्य बराबरका धनजनको क्षति पुगेको अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
तस्विरः भवानी अधिकारी÷स्याङ्जा
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


