एसईई परीक्षामा कायम उमेर हद हटाउने निर्णय ।

see

काठमाण्डौ:

अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो।

विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे उमेर हदको व्यवस्था खारेज गरिएको बताए । उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट हुने मन्त्रालयको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई आगामी वैशाख ९ देखि सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP